सशस्त्र प्रहरी बल अन्तर्गतका कार्यक्रमहरू
श्रोत: सशस्त्र प्रहरी बल
क्र.स | जानकारी गराउनु पर्ने विषय/क्षेत्र | विस्तृत विवरण | विद्यार्थीलाई थाह हुनुपर्ने हटलाइन, थप जानकारीका लागि सम्पर्क व्यक्ति र मो. नं |
---|---|---|---|
१. | विपद् जोखिम न्यूनीकरण | (क) विपद् जोखिम न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्न सकिने । (ख) हलुका स्तर खोज तथा उद्धार सम्बन्धी कक्षा संचालन गर्न सकिने । (ग) आगलागी / डढेलो जोखिम न्यूनीकरण सम्बन्धी कक्षा संचालन गर्न सकिने । (घ) जल उत्पन्न प्रकोप सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्न सकिने । ((ङ) विपद्मा GEDSI ( Gender equality, Disability and Social Inclusion) सम्बन्धी कक्षा संचालन गर्न सकिने । (च) प्राथमिक उपचार । | टोल फ्री नं. १११४ |
२. | लागूऔषध नियन्त्रण सम्वन्धी | (क) लागूऔषधको परिचय, (ख) लागूऔषधको प्रकार, (ग) लागूऔषध दुर्व्यसनवाट हुने व्यक्तिगत तथा सामाजिक असर र यसबाट बच्ने उपाय, (घ) लागूऔषध प्रयोगकर्तामा देखिने लक्षणहरु, (ङ) लागूऔषध सेवन गर्ने कारण तथा असरहरु, (च) नेपालको लागूऔषध अपराधको अवस्था, (छ) लागूऔषध नियन्त्रणको लागि कानूनी प्रावधान तथा निकायहरु, (ज) लागूऔषधका श्रोतहरु, (झ) लागूऔषध नियन्त्रणका मान्यताहरु, (ञ) लागूऔषध नियन्त्रणमा भएका प्रयासहरु । | टोल फ्री नं. १११४ सशस्त्र प्रहरी उपरीक्षक दमन कुमार पाण्डे ९८५१२६०७३० |
३. | सीमा व्यवस्थापन | (क) सीमा तथा सीमा व्यवस्थापनको परिचय. (ख) सीमा व्यवस्थापन र सुरक्षा, (ग) सीमा व्यवस्थापनको आवश्यकता, (घ) अन्तर्राष्ट्रिय सीमाका प्रकारहरु, (ङ) नेपालमा सीमा व्यवस्थापन, (च) सीमा सुरक्षामा सशस्त्र प्रहरी बल, नेपालको भूमिका, (छ) सीमा व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन र कार्यादेश, (ज) अन्तरसीमा अपराध र यसको नियन्त्रणका प्रावधानहरु। | टोल फ्री नं. १११४ सशस्त्र प्रहरी उपरीक्षक दमन कुमार पाण्डे ९८५१२६०७३० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।