गार्मेन्ट फेब्रिकेटर
(Garment Fabricator)

विवरण (Definition)

बजारमा उपलब्ध हुने तयारी लुगाहरू ठूलो परिमाणमा गार्मेन्ट फ्याक्ट्रीमा तयार हुन्छ । गार्मेन्ट फ्याक्ट्रीमा सिलाइका काम गर्ने कामदार गार्मेन्ट फेब्रिकेटर हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    • गार्मेन्टबाट काटेको (कटिङ) कपडा संकलन गरी आफुले बनाउन लागेको नमूना अनुसार कटिङ छ/छैन, जाँच्ने
    • सिलाइ कटाइका औजार तथा आवश्यक सामग्री संकलन गरी सिलाइ मेसिनबाट धागो र टाँका मिलाई परीक्षणका रूपमा सिलाएर हेर्ने काटेका कपडालाई नमूना अनुसारका नापमा कट्टु, ट्राउजर, ब्याग, रेनकोट आदिको रूपमा सिलाउने
    • सिलाउँदा ती कपडामा चाहिने गोजी, टाँक, चेन, कलरजस्ता सम्पूर्ण भागहरू तयार पार्ने
    • सिलाइ कटाइसम्बन्धी आयव्ययको हिसाब राख्ने
    • मेसिनको साधारण मर्मत गर्न

महत्व र फाइदाहरू (Importance and advantages)

    • रोजगारीको बढ्दो अवसर
    • पीस गन्तिको आधारमा पनि काम पाइने
    • एकै ठाउँमा बसेर काम गरिने
    • सुपथ मूल्यमा लुगा उत्पादन गर्नमा योगदान

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प  (Option )

 

कक्षा ५

क्यारियर पथ (Career Path)

१. गार्मेन्ट फेब्रिकेटरको तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

गार्मेन्ट कारखाना, पसल

क्यारियर विकास पथ (Career Developmment Path)
  • गार्मेन्ट फेब्रिकेटर प्रशिक्षक
  • गार्मेन्ट ठेकेदार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,००० -२०,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।