विद्यार्थिको निम्ति

सर्वप्रथम माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीहरूलाई हार्दिक बधाइ तथा शुभकामना । दश देखि बाह्र वर्षसम्म विद्यालय शिक्षा प्राप्तिमा व्यस्त रहेर अहिले केही फुर्सदको समय मिलेको छ । यो समय कसरी व्यतित गर्ने भनेर कसैले योजना बनाइसक्नुभयो होला भने कोही योजना बनाउँदै हुनुहुन्छ होला ।

कक्षा १-१० सम्म त अधिकांश विद्यार्थीहरूले एउटै पाठ्यक्रम र एउटै विषयहरू पढ्नु पर्ने हुन्छ । कक्षा ११/१२ मा चाहिँ विषय केन्द्रित भई जीवनको शैक्षिक मार्ग नै छनोट गर्नु पर्ने हुन्छ। सोही अनुसारको विद्यालय, क्याम्पस, विश्वविद्यालय पनि छनोट गर्नु पर्ने हुन्छ । तपाईँ अहिले कुन विषय अध्ययन गर्ने, कहाँ अध्ययन गर्ने र कुन पाठ्यक्रमबाट कस्ता अवसरहरु प्राप्त हुन्छ भन्ने बारेमा सोचिरहनु भएको होला । तपाईँलाई परिवार, समाज र साथीभाइहरू मार्फत विज्ञान वा व्यवस्थापन पढ्नु भनी सल्लाह आइरहेको हुन सक्छ तर यी विभिन्न विषयको अध्ययन पश्चातको अवसरहरुको बारेमा स्पष्ट रूपमा जानकारी नरहेको हुन सक्छ। निर्णय गर्न असहज भइरहेको हुन सक्छ।

जीवनको शैक्षिक मार्ग छनोट गर्नु सहज भने पक्कै छैन। तर अहिले नै छनोट गर्नै पर्छ भन्ने बाध्यता वा बोझ पनि नलिनु होला। कैयौँ कथाहरु छन् - नाँच सिकाउने शिक्षकहरु पछि वकिल भएका, विश्वप्रसिद्ध गायक पछि खेतीमा लागेका, बैङ्कमा जागिर खानेहरु कलाकार बनेका । समाजमा तपाईँलाई प्रेरणा दिनेको कमी भने पक्कै नहोला । यसकारण, जीवनमा र नेपालमा धेरै सम्भावना छन् भन्ने बुझी आफ्नो भविष्यलाई कहाँ लान सक्छु होला भन्ने कुतूहल सँधै राख्नुहोला ।

अभिभावकलाई पनि के गर्दा उचित होला भन्ने लागिरहेको हुन सक्छ । तथा विद्यालयका शिक्षकहरूलाई पनि आफ्ना विद्यार्थीहरूलाई के कस्ता सल्लाह दिने र कसरी उत्कृष्ट परामर्श प्रदान गर्ने भन्ने लाग्न सक्छ । स्थानीय तहहरूलाई पनि विद्यार्थी र शिक्षकहरूलाई मार्गनिर्देशन प्रदान गर्न तथा वृत्ति विकास पाठ्यक्रम निर्माण गर्न स्रोत र साधनको आवश्यकता हुन्छ ।

यी सबै द्विविधाहरू हल गर्ने तथा विद्यालय शिक्षालाई रोजगारीसँग जोड्ने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वृत्ति मार्गनिर्देशनको वेबसाइट तथा कार्यक्रम सञ्चालन गरेको छ । यस वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय तहहरूलाई आवश्यक परामर्श तथा सन्दर्भ सामग्रीहरू समावेश गरिएको छ ।

वृत्ति मार्गनिर्देशन वेबसाइटको उद्देश्य

कुनै पनि समयमा र सुविधाजनक तरिकामा विद्यार्थीहरूले सजिलैसँग वृत्ति मार्गनिर्देशन प्राप्त गर्नको लागि यो डिजिटल प्लेटफर्म तयार गरिएको हो। यो डिजिटल प्लेटफर्मले विद्यार्थीहरूलाई आफ्नो वृत्तिका विकल्पहरू खोजी गर्न विभिन्न स्रोत र विधिहरु उपलब्ध गराउनेछ , जस्तै:

  • स्व -मूल्याङ्कन विधि
  • वृत्ति जानकारी र स्रोतहरू
  • परामर्श र मार्गदर्शन विधि
  • उच्च शिक्षा तथा छात्रवृत्तिका अवसरहरू

सन्दर्भ सामाग्री

शीर्षक

वृत्ति मार्गनिर्देशन कार्यविधि २०८० View  
Career Guidance Module View  
Career Guidance Workbook View  
Career Interest Form View  
Education System in Nepal View  
शैक्षिक बिदामा के गर्ने View  
विद्यालयमा वृत्ति-मार्गनिर्देशन कार्यक्रम संचालनका लागि निर्देशन पुस्तिका (A Guidebook for conducting Career Guidance Program in Schools) View  
Career Flash Cards View  
Career Dictionary: वृत्ति शब्दकोशः यसमा १५० वटा वृत्ति पथहरूको परिभाषा दिइएको छ । View  
वृत्ति जानकारी पुस्तिका (Career Information Book) View  
नेपालमा पढ्ने अवसरहरु View  
छात्रवृत्तिका अवसरहरु View  
विद्यार्थीले थाहा पाउनुपर्ने अन्य महत्त्वपूर्ण कुराहरु View  
वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन सम्बन्धी कार्याविधि, २०८० - बागमती प्रदेश सरकार View  
वृत्ति मार्गनिर्देशन सम्बन्धी सामग्री सहित बुढानीलकण्ठ नगरपालिकाले कक्षा ८ मा लागू गरेको स्थानीय पाठ्यक्रम View  

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।