स्थानिय निकाय

विद्यार्थीको वृत्ति मार्गनिर्देशनमा स्थानीय तहको भूमिका

वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता वैयक्तिक रुची, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रुपमा मार्ग निर्देशित गर्न युवा, विद्यार्थी, वैदेशिक रोजगारबाट फर्किएका कामदार तथा उनीहरुका परिवार, विद्यालय, स्थानीय क्लब, युवासँग सम्बन्धित संघ / संस्थालाई सूचना, परामर्श, वृत्ति एवम् मार्गनिर्देशन सेवा प्रदान गर्ने उद्देश्यले, हाल सम्म विनियोजन ऐन, २०८० को दफा ९ (२) बमोजिम, बागमती प्रदेश सरकार, कोशी प्रदेश सरकार र लुम्बीनी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयले वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन कार्यविधि, २०८० बनाएका छन्।

वृत्ति मार्गनिर्देशन क्रमश सातवटै प्रदेशमा संचालन गरिने अवधारणा लिइएको छ । दीर्घकालीन रूपमा यो कार्यक्रम विद्यालयको पाठ्यक्रममा समावेश गर्ने र स्थानीय तहहरूले प्रदेशहरूको प्राविधिक सहयोगमा शिक्षक तालिम गराइ कार्यान्वयन गराउने छन् ।

हालसम्म ३३ वटा स्थानीय तहहरूले वृत्ति मार्गनिर्देशन कार्यक्रमको स्वामित्व लिएर सञ्चालन गरिसकेका छन् । ती स्थानीय तहहरूले यो कार्यक्रमका लागि बजेट विनियोजन गरेका छन् र स्थानीय पाठ्यक्रममा समेत समावेश गरेका छन् । स्थानीय तहले आफ्नो क्षेत्रका संस्थागत विद्यालयमा पनि कार्यक्रम सञ्चालनका लागि प्रोत्साहन गरेका छन् । यसै परियोजना अन्तर्गत वृत्ति तथा रोजगार मेला पनि सञ्चालन गरिको छ ।

Resources:

सन्दर्भ सामाग्री

शीर्षक

वृत्ति मार्गनिर्देशन कार्यविधि २०८० View  
Career Guidance Module View  
Career Guidance Workbook View  
Career Interest Form View  
Education System in Nepal View  
शैक्षिक बिदामा के गर्ने View  
विद्यालयमा वृत्ति-मार्गनिर्देशन कार्यक्रम संचालनका लागि निर्देशन पुस्तिका (A Guidebook for conducting Career Guidance Program in Schools) View  
Career Flash Cards View  
Career Dictionary: वृत्ति शब्दकोशः यसमा १५० वटा वृत्ति पथहरूको परिभाषा दिइएको छ । View  
वृत्ति जानकारी पुस्तिका (Career Information Book) View  
नेपालमा पढ्ने अवसरहरु View  
छात्रवृत्तिका अवसरहरु View  
विद्यार्थीले थाहा पाउनुपर्ने अन्य महत्त्वपूर्ण कुराहरु View  
वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन सम्बन्धी कार्याविधि, २०८० - बागमती प्रदेश सरकार View  
वृत्ति मार्गनिर्देशन सम्बन्धी सामग्री सहित बुढानीलकण्ठ नगरपालिकाले कक्षा ८ मा लागू गरेको स्थानीय पाठ्यक्रम View  

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।