विद्यार्थीको वृत्ति मार्गनिर्देशनमा अभिभावकको भूमिका
आफ्नो पढाइको विषय चयन तथा करियर चयन गर्ने विषय विद्यार्थीहरूका लागि जति अन्योलपूर्ण हुन्छ अभिभावकहरूका लागि पनि त्यति नै हुन सक्छ । कुन विषय पढाउने, कता पढाउने, खर्च कति लाग्छ, पढाइपछि के जागिर पाइन्छ आदि विषयहरूले अभिभावकहरूलाई सोचमग्न बनाउँछन् । विद्यार्थीहरूले सुसूचित निर्णय लिन सकून् भन्ने हेतुले पढाइका विषय, छात्रवृत्ति, रोजगारी आदि सम्बन्धी जानकारीहरू विद्यार्थीहरूका लागि यसै वेबसाइटमा उपलब्ध छन् । ती सबै जानकारीहरू पढेर र बुझेर विद्यार्थीहरूले आफै निर्णय लिएपनि अभिभावकका रूपमा तपाईँहरूको पनि त्यस प्रक्रियामा केही भूमिका हुन सक्छ । यो खण्डमा हामीहरूले अभिभावकहरूले कसरी विद्यार्थीहरूका रूचि, क्षमता आदि पहिचान गर्न र उनीहरूको निर्णयहरूमा कसरी प्रभावाकारी तथा सहयोगी भूमिका निर्वाह गर्न सक्नु हुन्छ भन्ने विषयमा छलफल गर्ने छौँ । यी विषयहरूमा आफ्ना बाबुनानीहरूसँग कुरा गर्ने बेलामा निम्न कुरामा ध्यान दिनुहोलाः
विद्यार्थीहरूको रूचि र उनीहरूबाट तपाईँका अपेक्षाहरू नमिल्न सक्छन्, त्यस्तो अवस्थामा उनीहरूका रूचिहरू र इच्छाहरूलाई प्राथमिकता दिएर निर्णय गर्न मद्दत गर्नुहोस् ।
आफ्ना बाबुनानीहरूलाई कसरी सहयोग गर्ने
- उनीहरूका आवश्यकता, खुबी तथा क्षमताहरू पहिचान गर्न मद्दत गर्ने
- नयाँ क्षेत्रहरू र रूचिहरूको विकासमा मद्दत गर्ने
- उनका मूल्य मान्यता वा विश्वासहरू
- प्रेरणाका स्रोतहरू
- रूचि वा राम्रोसँग गर्न सक्ने कामहरू
- सुधार गर्नु पर्ने क्षमताहरू
- पढ्न इच्छा लागेका विषयहरू आदि
के तपाईँलाई आफ्नो बाबुनानीको बारेमा निम्न कुराहरू थाहा छ ?
यी सबै विषयका जानकारी राख्नाले तपाईँले आफ्ना बाबुनानीहरूलाई अझै राम्रोसँग बुझ्न सक्नु हुने छ। किशोरावस्थाका विद्यार्थीहरूले आफ्ना अभिभावकलाई सबै कुरा विस्तारमा नभन्न पनि सक्छन् । त्यस्तो अवस्थामा साथीहरू वा शिक्षकहरूको सहयोग लिएर पनि उनीहरूलाई बुझ्न सकिन्छ । एकपटक तलका प्रश्नहरूको उत्तर दिने प्रयास गर्नु होस् ।
- तपाईँका बाबुनानीहरूले सबै भन्दा बढी समय के गरेर बिताउँछन् ?
- कस्ता कार्य गर्दा उनीहरूले सबैभन्दा बढी उत्सुकता र जाँगर देखाउँछन् ?
- रूचि वा राम्रोसँग गर्न सक्ने कामहरू
- साथीभाइ वा छिमेकीले के कामका लागि उनीहरूसँग सहयोग माग्छन् ?
- उनीहरूले अहिलेसम्म सबैभन्दा उत्कृष्ट के गरेका छन् ?
माथीका प्रश्नका उत्तरहरूले तपाईँलाई आफ्न बाबुनानीहरूलाई बुझ्न केही मद्दत गर्न सक्छन् ।अझ विस्तृतरूपमा थाहा पाउन विद्यार्थीहरूलाई यही वेबसाइटमा रहेका Career Assessment, रोजगारीका क्षेत्रहरूको विश्लेषण, उच्च शिक्षा तथा छात्रवृत्ति सम्बन्धी जानकारी हेर्न लगाउनुहोस् वा सँगै बसेर हेर्नुहोस् । आवश्यक सबै जानकारी प्राप्त भएपछि विद्यार्थीहरूले आफ्नो निर्णय आफै लिन सक्नु पर्छ । कुन निर्णय सहि र कुन गलत भनेर भन्नु भन्दा प्रत्येक कार्यका असल र खराब पाटा बुझाइ उनीहरूलाई नै निर्णय गर्न दिएर त्यस निर्णयका लागि जवाफदेही बनाउन सके विद्यार्थीहरूको क्षमता तथा व्यक्तित्वको विकास हुन्छ।
२) नयाँ क्षेत्रहरू र रूचिहरूको विकासमा मद्दत गर्ने
बदलिँदो विश्वमा नयाँनयाँ प्रविधि तथा सिपहरूको विकास हुँदै गइरहेको छ । अभिभावकको नाताले तपाईँले आफ्ना बाबुनानीहरूलाई यी नयाँ क्षेत्रहरूको पहिचान गर्न र ती क्षेत्रहरूमा रूचिको खोजी गर्न मद्दत गर्न सक्नु हुन्छ । आजकल त अनलाइन नै पनि निकै धेरै थरी ज्ञना हासिल गर्न सकिन्छ । पढाइ तथा विद्यालय शिक्षा बाहेकका अन्य जीवनोपयोगी सिपहरू सिक्नु पनि महत्त्वपूर्ण हुन्छ । विद्यार्थीलाई थाहा नभएका करियरका क्षेत्रहरू वा सिप तथा तालिमका बारेमा तपाईँलाई थाहा हुन सक्छ । कहिले काहीँ उनीहरूलाई आफ्नो जीवनको उद्देश्य थाहा भएपनि त्यस क्षेत्रमा लागेका कसैलाई नचिनेका हुन सक्छन्। यस्ता अवस्थाहरूमा तपाईँहरूले निम्न कुराहरू गर्न सक्नु हु्न्छः
- उनीहरूले सिक्न चाहेको सिपका लागि आवश्यक व्यवस्था मिलाइदिने
- कुनै विशेष पेशामा संलग्न आफ्ना साथीहरू वा आफन्त कोही भएमा उनीहरूसँग परिचय गराउने र मार्गदर्शक बनाउने
- सामाजिक सम्बन्ध बनाउन तथा समाजिक कार्य गर्न सिकाउने
- विद्यार्थीहरूलाई आफ्नो क्षमताको पूर्ण प्रयोग गर्नका लागि आवश्यक स्रोतको व्यवस्थापन गर्ने
सन्दर्भ सामाग्री
शीर्षक |
|
|---|---|
| वृत्ति मार्गनिर्देशन कार्यविधि २०८० | View |
| Career Guidance Module | View |
| Career Guidance Workbook | View |
| Career Interest Form | View |
| Education System in Nepal | View |
| शैक्षिक बिदामा के गर्ने | View |
| विद्यालयमा वृत्ति-मार्गनिर्देशन कार्यक्रम संचालनका लागि निर्देशन पुस्तिका (A Guidebook for conducting Career Guidance Program in Schools) | View |
| Career Flash Cards | View |
| Career Dictionary: वृत्ति शब्दकोशः यसमा १५० वटा वृत्ति पथहरूको परिभाषा दिइएको छ । | View |
| वृत्ति जानकारी पुस्तिका (Career Information Book) | View |
| नेपालमा पढ्ने अवसरहरु | View |
| छात्रवृत्तिका अवसरहरु | View |
| विद्यार्थीले थाहा पाउनुपर्ने अन्य महत्त्वपूर्ण कुराहरु | View |
| वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन सम्बन्धी कार्याविधि, २०८० - बागमती प्रदेश सरकार | View |
| वृत्ति मार्गनिर्देशन सम्बन्धी सामग्री सहित बुढानीलकण्ठ नगरपालिकाले कक्षा ८ मा लागू गरेको स्थानीय पाठ्यक्रम | View |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।