श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू

श्रोत: श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

क्र.स रोजगारीको क्षेत्र विस्तृत विवरण विद्यार्थीले जानकारी प्राप्त गर्न वा सम्पर्क गर्न सक्ने
१. आन्तरिक रोजगारी
  • शिक्षालाई सीपमुलक बनाउनु पर्ने , “स्वदेशमै सीप, स्वदेशमै श्रम, स्वदेशमै रोजगार” अभिमुखीकरण गराउने ।
  • बेरोजगार व्यक्तिहरूलाई नेपाल सरकारको रोजगारी ।
  • स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र र रोजगार संयोजक / रोजगार सहायक
  • प्रधानमन्त्री रोजगार कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय तह
२. आन्तरिक रोजगारी
  • कसरी प्राप्त गर्ने, हुनसक्ने ठगीका अवस्थाहरु, श्रम प्रदान सीपको महत्व, सुरक्षित एवं मर्यादित रोजगारीको अवसर प्राप्त गर्ने, परिवारका सदस्य र आफन्तलाई पनि सचेतना पुऱ्याउने विषय ।
  • वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरुलाई उद्यमशिलता, स्वरोजगारी सहित सामाजिक पुनःस्थापना ।
  • वैदेशिक रोजगार व्यवस्थापन शाखा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • वैदेशिक रोजगार विभाग
  • वैदेशिक रोजगार कार्यालय
  • वैदेशिक रोजगार बोर्डको सचिवालय
  • विदेशस्थित नेपाली कूटनीतिक नियोगहरु आप्रवासन श्रोत केन्द्र (MRC)
  • श्रमाधान (कल सेन्टर), टोल फ्रि नं.११४१/१६६००१५०००५
३. योगदानमा आधारित सामाजिक सुरक्षा
  • औपचारिक/अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्धता ।
  • वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने विभिन्न कल्याणकारी कार्य तथा राहत उद्धारका विषयहरु ।
  • सामाजिक सुरक्षा कोषको सचिवालय
  • वैदेशिक रोजगार बोर्डको सचिवालय
४. व्यावसायिक सीप विकास र तालिम
  • सीप तथा व्यावसायिक तालिमका अवसरहरूको विकास एवम् विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने श्रम शक्तिको उत्पादन गर्न विभिन्न किसिमका तालिमहरु सञ्चालन ।
  • सीप विकास तथा तालिम शाखा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • राष्ट्रिय व्यवसायजन्य प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी
  • व्यावसायिक प्रशिक्षण केन्द्र, ईटहरी/ वुटवल
५. श्रम सम्बन्ध, बालश्रम निवारण तथा व्यवसायजन्य सुरक्षा
  • नेपाल सरकारले तोकिएको न्यूनतम पारिश्रमिक र भुक्तानी प्रक्रिया सम्बन्धी ।
  • बालबालिकालाई कलकारखाना, खानी, मनोरञ्जनको क्षेत्र, होटल व्यवसाय लगायतका क्षेत्रहरुमा कार्य लगाउन नपाइने विषय ।
  • कार्यस्थलमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको प्रवर्द्धन गर्दै स्वास्थ्य सम्बन्धी आधारभूत प्रशिक्षण ।
  • श्रम सम्बन्ध तथा व्यवसायजन्य महाशाखा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग
  • व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र
  • श्रम तथा रोजगार कार्यालयहरु

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।