पाइलट
(Pilot)

विवरण (Definition)

हवाइजहाज उडान भर्नको लागि हवाइजहाजको यान्त्रिक, विद्युतीय, इलेक्ट्रोनिक उपकरणको क्रिया (अपरेशन)लाई नियन्त्रण गर्ने व्यक्ति पाइलट हुन् । यिनीहरू हवाइ यात्री, सामान आदि एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गर्छन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -स्थापित नियन्त्रण तथा अपरेशनल कार्यविधि अनुसार हवाइजहाजलाई 

    उडाउने

    - हवाइ उडानको योजना बनाउने वा उडानको योजना मापदण्ड अनुसार छ 

    छैन जाँच गर्ने

    - कार्यालय अभिलेखलाई कायम राख्न आवश्यक प्रमाणपत्रमा हस्ताक्षर गर्ने

    - उडानको समयमा एयर ट्राफिक वा उडान नियन्त्रकसँग उडान अवस्थाको 

    बारेमा जानकारी लिन

महत्व र फाइदाहरू (Importance and advantages)

    -राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइमार्गको विस्तारसँगै यसमा रोजगारीका 

    प्रशस्त अवसर

    - आकाशमा रहेर काम गर्ने हुँदा अनौठो अनुभूति

    - विभिन्न देश वा भूगोलमा पुग्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प  (option )

भौतक विज्ञानमा दश जोड दुई

क्यारियर पथ (Career Path)

१. पायलटको तालीम (१८ महिनासम्म)

कार्य क्षेत्र (Working Area)

निजी तथा सरकारी एयरलाइन्स, अन्तराष्ट्रिय एयरलाइन्स वा कागो

क्यारियर विकास पथ (Career Developmment Path)

-फ्लाइट इन्स्ट्रकटर

- पाइलट

- वरिष्ठ पाइलट

प्रारम्भिक मासिक आय (Initial Monthly Income) २५,०००-३०,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।