प्रयोगशाला प्राविधिक
(Lab Technician)

विवरण (Definition)

प्रयोगशाला प्राविधिकले मानव शरीरमा हुने तरल वस्तु, तन्तुकोष र अन्य तत्वहरूको संकलन, परीक्षण तथा जाँच गर्ने काम गर्छन् । यिनले प्रयोगशाला प्रविधिका विज्ञ व्यक्तिको मार्गनिर्देशनमा आफ्नो काम गर्छन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    • -रगत, पिसाब, दिशा, तन्तु आदिका नमूनाहरू प्राप्त गर्ने, लेबल गर्ने र विश्लेषण गर्ने
    • सबै नमूनाहरूको परीक्षण गरी परिणामको सही र व्यवस्थित अभिलेख (रेकर्ड) राख्ने
    • माइक्रोस्कोप तथा अन्य उपकरणको प्रयोग गरी संकलित नमूनाहरूको परीक्षण गर्ने तथा किटाणुहरूको पहिचान गर्ने
    • प्रयोगशालाका सर–समानको स्याहार तथा सम्भार गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    • स्वास्थ्य क्षेत्रको विकाससँगै प्रयोगशाला प्राविधिकको बढ्दो माग
    • रोजगारीको प्रशस्त अवसर
    • आंशिक तथा पूर्णकालिन काम गर्न सकिने
    • आफ्नै प्रयोगशाला खोल्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1) 

माध्यमिक शिक्षा परीक्षा

 

विकल्प २ (Option2)  

माध्यमिक शिक्षा परीक्षा

 

विकल्प ३ (Option 3)

जीवविज्ञानमा दश 

जोड दुई

क्यारियर पथ (Career Path)

विकल्प १ (Option 1) 

१. मेडिकल 

ल्याबटेक्नोलोजीमा 

प्राविधिक एसएलसी 

 

विकल्प २ (Option2)  

१. मेडिकल 

ल्याबटेक्नोलोजी मा 

डिप्लोमा CLMT(३ 

वर्ष) 

 

विकल्प ३ (Option 3)

१. मेडिकल 

ल्याबटेक्नोलोजी 

BMLT मा 

स्नातक

कार्य क्षेत्र (Working Area)

अस्पताल, अनुसन्धान केन्द्र, रोग निर्धारण केन्द्र (डायग्नोष्टिक सेन्टर), ब्लड बैंक

क्यारियर विकास पथ (Career Developmment Path)
  • मेडिकल ल्याबटेक्नोलोजीमा डिप्लोमा CLMT (३ वर्ष), अनि स्नातक
  • प्रशिक्षक
  • मेडिकल ल्याबटेक्नोलोजीमा स्नातक
  • प्रयोगशाला इन्चार्ज
  • वरिष्ठ प्रयोगशालाविद
  • अनुसन्धानकता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) २५,०००-३०,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।