विवरण (Definition)
बरिस्ता भन्नाले मेसिनको षयोग गरी वा नगरीकनै विभिन्न स्वादका चिया, कफीजस्ता पेयपदार्थ बनाउने र दिने व्यक्तिलाई बुझाउँछ |
प्रमुख कार्यहरू (Major Tasks)
-कफी तथा चिया जस्ता पेयपदार्थ बनाउनुअघि त्यसका लागि चाहिने कच्चापदार्थको आकलन गर्ने र जुटाउने
-क्याफे, टेबल, भाँडा आदि सफा राख्ने
-विभिन्न स्वादका कफी (जस्तै, क्यापेचिनो, एक्सप्रेसो, क्याफे लेटटे, अमेरिकानो, क्याफै मोका, हट टी, आइस टी, आइस अमेरिकानो, आइस मोका, आइस लेट्टे, आइस्ड ब्लेन्डेड मोका) आदि बनाउने
पेयपदार्थ बनाउने मेसिन/उपकरण सञ्चालन तथा मर्मतसम्भार गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-बजारमा चिया, कफी जस्ता पेयपदार्थको माग निकै नै रहेको
-थोरै लगानीमा आफ्नो व्यवसाय गर्न सकिने
-रोजगारीको राम्रो अवसर
-जनसम्पर्क बढने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) साधारण लेखपढ |
|
क्यारियर पथ (Career Path) |
१. बरिस्तासम्बन्धी तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | होटल, क्याफै |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-क्याफे सञ्चालक -प्रशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | १५,०००-२५,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।