विवरण (Definition)
सेवाग्राहीहरूलाई कम्प्युटर हार्डवेयर, नेटवर्क, डाटाबेस, इन्टरनेट, आदि कुराहरूमा आएका समस्याहरूको निदान तथा समाधान गर्न प्राविधिक सहयोग पु¥याउने काम गर्ने व्यक्तिलाई कम्प्युटर हार्डवेयर प्राविधिक भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
🞄 कम्प्युटरको विभिन्न भागको पहिचान गरी त्यसमा उपयोग हुने पार्टपुर्जाहरू जस्तै, पावर सप्लाई, पङ्खा, मेमोरी, प्रोसेसर, सिडी रोम, हार्डडिक्स, केबल कनेक्सन, पोर्ट तथा स्लट आदिबारे ज्ञान राख्ने
🞄 ती पार्टपुर्जामा आउन सक्ने समस्या पहिचान गरी समाधान निकाल्ने
🞄 करेन्ट, भोल्टेज, पावर र रेजिस्टेन्सबारे आवश्यक ज्ञान राख्ने
🞄 कम्प्युटरमा उपयोग हुने सम्पूर्ण उपकरण तथा पार्टपुजा खोल्ने तथा जोड्ने
🞄 कम्प्युटरमा विभिन्न सफ्टवेयर जडान गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
🞄 कम्प्युटरको उपयोग हरेक क्षेत्रमा हुने भएकोले यो पेशाको बढ्दो माग
🞄 पूर्ण (Full time) तथा आंशिक (Part time) रोजगारी दुवैमा अवसर
🞄 थोरै लगानीमा आफ्नै व्यवसाय शुरू गर्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (AL))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. कम्प्युटर हार्डवेयरसम्बन्धी तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | कम्प्युटर मर्मत पसल, कम्प्युटर बिक्री कक्ष, सूचना प्रविधि केन्द्र |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
🞄 कार्य अनुभव सहित तह २ र ३ को तालीम लिएर सो अनुसारको कार्य |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. २०,०००— २५,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।