विवरण (Definition)
विभिन्न प्रयोजनका भवन तथा घरका गारो, भित्ता रङ्गाउने व्यक्ति नै जुनियर हाउस पेन्टर हुन् । पेन्टरले रङ्ग लगाउने सतहको आवश्यकता तयारी गर्ने, रङ्गहरूको आवश्यक मिश्रण तयार पार्ने, रङ्ग लगाउन आवश्यक खट बाँध्ने, डोरी बाँध्ने आदि काम गर्नुपर्छ । साथै, आफुभन्दा दक्ष पेन्टरलाई सहयोग गर्नु पनि यिनीहरूको जिम्मेवारी हो ।
प्रमुख कार्यहरू (Major Tasks)
-इँटा, प्लाष्टर÷पनिङ तथा प्लाष्टर अफ पेरिसलाई रङ्ग लगाउन योग्य
बनाउने
- स्टील, काठ आदिको सतह खाक्सी, तार ब्रक प्रयोग गरी रङ्ग लगाउन योग्य
बनाउने
- पानी, तेल, थिनर जस्ता पदार्थ प्रयोग गरी रङ्गको प्रयोग गरी रङ्गको मिश्रण
तयार गर्ने
- ब्रस, रोलर आदिको सहायताले तयार गरिएको सतहमा रङ्ग लगाउने
- अनावश्यक ठाउँमा लागेका रङ्ग, रङ्गका ब्रस, भाँडा आदि सफा गर्ने
- बलियोसँग डोरी बाँधेर खट तयार गर्ने र काम सकिएपछि हटाउने
महत्व र फाइदाहरू (Importance and advantages)
-रोजगारीको अवसर
- सिर्जनशील कार्य
- दिन गन्ति वा नापको आधारमा काम पाइने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
जुनियर हाउस पेन्टरसम्बन्धी तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | आवासीय तथा व्यापारिक भवनहरू र तिनका पर्खालहरू |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-कार्य अनुभवसहित हाउस पेन्टरको तालीम लिएर सो अनुसार कार्य |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,०००-२०,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।