विवरण (Definition)
इँटा जोड्न मसला (बालुवा र सिमेन्टको घुलन) तथा कङ्क्रिट (गिट्टी, बालुवा र सिमेन्टको मिश्रण) आवश्यक मात्रामा तयार गर्ने, आवश्यक किसिमका बन्ध (बोन्ड) इँटाको सीधा गारो (भित्ता, पर्खाल) निर्माण कार्य गर्ने व्यक्तिलाई डकर्मी भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-विभिन्न निर्माण सामग्रीको पहिचान गर्ने
-विभिन्न प्रकारका गारो बनाउँदा मसला बनाई इँटा वा ब्लक प्रयोग गर्ने
- दिइएको नक्साबमोजिम भुईंमा रेखांकन गर्ने
- इँटा वा ब्लकबाट बनाइने विभिन्न प्रकारका गारो पहिचान गर्ने र इङ्गिलस
जोडाइ, बेपा जोडाइ, फ्लेमिस जोडाइ र त्वापा जोडाइमा बन्ध बनाउने
- भवन, सिँचाइ, खानेपानी, सडक संरचना आदिसँग सम्बन्धित इँटा तथा
कंक्रिट ब्लकको गारो बनाउने
- भुईं, भित्ता तथा छतमा प्लास्टर र टिप्का गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-बजारमा बढ्दो माग
- रोजगारीको प्रशस्त सम्भावना
- अनुभव बढ्दै जाँदा ठेक्कापट्टा समेत गर्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. डकर्मीसम्बन्धी तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | भवन तथा निर्माण कम्पनी, भवन निर्माण स्थल, सडक निर्माण स्थल |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-कार्य अनुभव सहित तह २ र ३ सम्मको |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु २०,०००-३०,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।