विवरण (Definition)
स्थानीय औजार तथा उपकारणको मद्दतले विशेष प्रकारको धागोलाई एक निश्चित तरिकाले एक आपसमा अल्झाई विशेष किसिमको कपडा (ढाका) को स्वरूप दिने कार्य गर्ने व्यक्तिलाई ढाका बुनकर भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-आवश्यक सामग्री, औजार तथा उपकरण तयार गरी तान जडान गर्ने
- कोका र पाइडलको उपयुक्त लेबल मिलाउने
- धागो बेर्ने, टुकी बेर्ने, धागोको गोटी बनाउने, बेलन बेराइ गरेको धागोलाई
तानमा सेट गर्ने, सेक्सन बाँध्ने र बुनाइ जाँच गर्ने
- भेरा बुट्टा, अक्षर बुट्टा, चुच्चे बुट्टा, गोल बुट्टा, झन्डी बुट्टा, एच बुट्टा, आदि
आकारका बुट्टा भएका ढाका बुन्ने
- कपडालाई फिनिसिङ दिई आइरन गर्ने
- तयार भइसकेका ढाकालाई सुरक्षित तले राख्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-नेपाली ढाकाको कपडा बजारमा अत्यन्तै लोकप्रिय र बढ्दो माग
- रोजगारीको अवसर
- ढाकाको कपडामा पर्यटकहरू अत्यन्तै आकर्षित
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
ढाका बुनकरसम्बन्धी तह १ (४५४ घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | ढाका उद्योग, पसल |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-प्रशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,०००-२०,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।