नेपाली कागज उत्पादक
(Nepali Hand Paper maker)

विवरण (Definition)

स्थानीय रूपमा उपलब्ध हुने लोक्ताबाट नेपाली कागज तयार पारी बिक्री गर्ने व्यक्ति नेपाली कागज उत्पादक हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    • उपयुक्त ठाउँ छनोट गरी बिजुली, पानी, निकास, औजार, उपकरण, मानवस्रोत आदिको व्यवस्थापन गर्ने
    • लोक्ताका प्रकार पहिचान गरी आवश्यकता अनुसारका लोक्ता संकलन तथा भन्डारण गर्ने
    • लोक्ता पकाउने
    • लोक्ता पकाई त्यसको लेदो संकलन गर्ने
    • लेदोलाई फ्रेममा लगाई घाममा सुकाई कागज बनाउने
    • कागज बन्डल बनाई उपयुक्त तरिकाले भण्डारण गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    • स्थानीय स्रोत र साधनको उपयोग
    • कच्चा पदार्थ आफैं उत्पादन गर्न सकिने
    • थोरै लगानी
    • परिवार नै संलग्न हुन सकिने
    • उत्पादित कागज सोझै विभिन्न हस्तकला निर्माण उद्योगमा बेची बढी आम्दानी गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ५

क्यारियर पथ (Career Path)

१. नेपाली कागज उत्पादकको तह १ को ३९० घण्टाको तालीम

कार्य क्षेत्र (Working Area)

कागज उद्योग

क्यारियर विकास पथ (Career Developmment Path)
  • नेपाली कागज वितरक
  • नेपाली कागज उद्यमी
प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।