विवरण (Definition)
पानी वितरणसम्बन्धी निर्माण कार्य गर्ने व्यक्तिलाई प्लम्बर भनिन्छ । विस्तृत रूपमा भन्दा, पानीका पाइप जडान तथा मर्मत गर्ने, पुराना पाइप फेरी नयाँ पाइप जडान गर्ने, पाइपका फिटिङ्स, भल्भ आदि जडान गर्ने व्यक्तिलाई प्लम्बर भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-उचित मेसिनको प्रयोग गरी आवश्यक लम्बाइमा पाइप नाप्ने, काट्ने, कस्ने,
एक आपसमा जोड्ने, अड्काउने, प्वाल बनाउने, चुरी काट्ने
- एचडीपी पाइप, युपी भीसी, सिपीभिसी पाइप, पीपीआर पाइप, जीआई पाइप
र यिनका फिटिङ्स जस्तै, सकेट, एल्बो, टी, निप्पल, रिड्युसर, आदि जडान
गर्ने
- किल्लाको प्रयोग गरी पाइपलाई सही तरिकाले सही ठाउँमा जडान गर्ने
- पानी चुहिएको, नचुहिएको जाँच गर्ने, बाथरुम तथा भान्सामा बेसिन फिट
गर्ने
- प्लम्बर पेशाअन्तर्गत अपनाउनुपर्ने पेशागत स्वास्थ्य र सुरक्षासम्बन्धी
सावधानी अपनाउने
महत्व र फाइदाहरू (Importance and advantages)
-राम्रो आयआर्जन गर्न सकिने
- भवन निर्माण जस्ता कार्यहरूको बढ्दो मागसँगै प्लम्बरको बढ्दो माग
- आंशिक समय वा पूर्णसमय दुवै तरिकाले काम गर्न
सकिने
- थोरै लगानीमा आफ्नै काम गर्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. प्लम्बरको तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | भवन निर्माण कम्पनी तथा स्थल, निजी घरहरू, विविध कार्यालयहरू |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-कार्य अनुभव सहित तह २ र ३ को तालीम लिएर सो अनुसार कार्य |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १५,०००-२५,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।