मोबाइल फोन मर्मतकर्ता
(Mobile Phone Repairer)

विवरण (Definition)

मोबाइल फोनमा आउने समस्याहरूको पहिचान गरी मोबाइल सेट मर्मत गर्ने, मोबाइल सेटमा प्रयोग भएको सफ्टवेयर अपडेट गर्ने र हेरफेर गर्ने सीप भएका प्राविधिकहरू मोबाइल फोन मर्मतकर्ता हुन् | मोबाइलको पावर सप्लाई इकाइ जस्तै ब्याटी, पावर स्वीच, पिन्टेड बोर्ड, A कनेक्टर, फक्स केबल, आइसी आदि मर्मत गर्ने काम यिनले गर्दछन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    • मोबाइल नेटवर्क छनोट गर्ने
    • विभिन्न उपयोगी सफ्टवेयर इन्स्टल गर्ने
    • डिस्प्ले इकाइ, चार्जिङसम्बन्धी इकाइ, श्रवण तथा भाइबेसन इकाइ, किप्याड,
    • मेमोरी कार्ड, क्यामरा आदि मर्मत गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    • लगभग सबैजसो मोबाइल फोनको उपयोगकर्ता भएकोले रोजगारीक पर्याप्त अवसर
    • सदाबहार रोजगार
    • पूर्ण (Full time) तथा आंशिक (Part time) रोजगारी दुवैमा अवसर
    • एउटै ठाउँमा बसेर गर्ने कार्य गर्न सकिने
    • थोरै लगानीमा आफ्नै व्यवसाय शुरू गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (AL))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

कक्षा ८

क्यारियर पथ (Career Path)

मोबाइल फोन मर्मत प्राविधिक तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

मोबाइल मर्मत पसल, सम्बन्धित तालीम केन्द्र

क्यारियर विकास पथ (Career Developmment Path)
  • कार्य अनुभवसहित तह २ को तालीम लिएर सो अनुसारको कार्य                           
  • टेक्निसियन                                  
  • पशिक्षक
प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 15000-20000

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।