प्लास्टरर
(Plasterer)

विवरण (Definition)

गारो, भित्ता, भुइँ, सतह आदिमा प्लास्टरका लागि उपयुक्त सतह तयार पार्ने, बालुवा, सिमेन्ट र पानीको सही मात्रा मिलाएर मसला बनाउने र भित्री र बाहिरी भित्ता, छत, भुइँ आदिमा मसला लेपन गर्ने मिस्त्रीलाई प्लास्टरर भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    • खट बाँधेर उचाइमा काम गर्न मिल्ने व्यवस्था मिलाउने र काम सकिएपछि खट हटाउने
    • प्लास्टर गर्ने सतह सम्याउने, मिलाउने
    • प्लास्टरका लागि चाहिने मसलाको सम्मिश्रण तयार गर्ने
    • भित्री, बाहिरी भित्ता, भुइँ, छत आदि आवश्यक भागमा प्लास्टर गर्ने, टिप्कर गर्ने तथा चर वा प्वाल टाल्ने काम गर्ने
    • सामान्य नाप तथा क्षेत्रफल निकाल्ने
    • प्लास्टर पेशाअन्तर्गत अपनाउनुपर्ने पेशागत स्वास्थ्य र सुरक्षासम्बन्धी 
      सावधानी अपनाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    • बढ्दो माग
    • सानो सानो काम प्रायः सधैँ आइरहने
    • दिन गन्ति वा गरेको कामको क्षेत्रफल नापेर आम्दानी हुने
    • विभिन्न मानिसहरूसँगको सम्पर्क

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ५

क्यारियर पथ (Career Path)

१. प्लास्टरसम्बन्धी तह १ (३९० घण्टा)को तालीम

कार्य क्षेत्र (Working Area)

भवन निर्माण स्थल

क्यारियर विकास पथ (Career Developmment Path)
  • प्लास्टरसम्बन्धी ठेकेदार
  • निर्माण व्यवसायी
प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२०,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।