बार बेन्डर (डन्डी बाध्ने)
(Bar Bender)

विवरण (Definition)

निर्माणमा उपयोग हुने विभिन्न प्रकार र नापका डन्डीको छनोट गर्ने, तिनलाई सफा गरी सीधा बनाउने, नाप अनुसार काट्ने र नक्शा अनुसार बङ्ग्याउने तथा तारले सही नाप र ठाउँमा डन्डी बाँध्ने काम गर्ने व्यक्तिलाई बार बेन्डर (डन्डी बाँध्ने) भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    • टिएमटी, टोरस्टिल र टोरकारी जस्ता विभिन्न किसिमका फलामका डन्डीबारे जानकारी राख्ने
    • बजारमा उपलब्ध बारका मोटाइ तथा तौलबारे ज्ञान राख्ने
    • फलामका डन्डीलाई खिया तथा अन्य फोहोर सफा गरी सीधा पार्ने र नाप 
      अनुसार काट्ने
    • काटिएका डन्डीलाई नक्शा अनुसार बङ्ग्याउने
    • बङ्ग्याई आकार दिइएका डन्डीलाई तारले उपयुक्त ठाउँमा बाँध्ने
    • पेशागत स्वास्थ्य र सुरक्षासम्बन्धी सावधानी अपनाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    • रोजगारीको प्रशस्त अवसर
    • दिन गन्ति वा संख्याको आधारमा काम पाइने
    • विभिन्न निर्माण स्थल पुग्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
पाँच कक्षा

क्यारियर पथ (Career Path)

१. बार बेन्डरकों तह १ को तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

भवन निर्माण स्थल

क्यारियर विकास पथ (Career Developmment Path)
  • प्रशिक्षक
  • डन्डीको व्यवसायी
  • डन्डी बाँध्ने कार्यसम्बन्धी ठेकेदार
प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,००० २०,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।