बिल्डिङ इलेक्ट्रिसियन
(Building Electrician)

विवरण (Definition)

भवन, बस्ती, बाटोघाटो आदिमा विद्युतीय तारहरू र संयन्त्र जडान गर्ने, बिजुलीको लाइन र उपकरण मर्मत सम्भार गर्ने व्यक्तिलाई बिल्डिङ इलेक्ट्रिसियन भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    • लिस्टी तथा पीभीसी केसिङ प्रयोग गरी बाहिरी वायरिङ गर्ने
    • प्लास्टिक तथा धातुका पाइप प्रयोग गरी भित्री वायरिङ गर्ने
    • विद्युतीय सामान तथा उपकरण जस्तै टिभी, टेलिफोन आदि जडान गर्ने
    • विद्युत्को मिटर एमसिभी, फ्युज, मेन स्वीच आदि फिट गर्ने
    • साधारण अर्थिङ गर्ने
    • सुपरभाइजरको सल्लाह अनुसार जडित विद्युतिय सामानहरू तथा 
      उपकरणको जाँच गरी उपयोगका लागि योग्य बनाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    • आधुनिक भवन निर्माणसँगै यसको बढ्दो माग
    • रोजगारीको प्रबल अवसर
    • सानो लगानीमा आफ्नै व्यवसाय गर्न सकिने
    • वैदेशिक रोजगारको समेत अवसर
    • जनसम्पर्क बढ्ने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
साधारण लेखपढ

क्यारियर पथ (Career Path)

१. जुनियर बिल्डिङ इलेक्ट्रिसियन तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

निर्माण कम्पनी, बिजुली पसल

क्यारियर विकास पथ (Career Developmment Path)
  • कार्य अनुभव सहित तह २, ३ र ४ को तालीम लिएर सो अनुसार कार्य
  • हाउस वायरिङसम्बन्धी ठेकेदार
  • टेक्निसियन
  • प्रशिक्षक
प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२५,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।