सेरीकल्चर प्राविधिक कार्यकर्ता
(Sericulture Technical Worker)

विवरण (Definition)

रेशम उत्पादन गर्नका लागि गरिने रेशम किराको खेती गर्न, किम्बु उत्पादनको अवधारणा विकसित गर्ने, किम्बु फलाउने, रेशम किराका लार्भा र परिपक्व किरा पाल्ने, हुर्काउने र सोसम्बन्धी बजार व्यवस्था हेर्ने व्यक्तिलाई सेरीकल्चर प्राविधिक कार्यकर्ता भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    • किम्बु खेती र रेशम किराको खेतीको अवधारणा बुझ्ने 
    • रेशम किराको खेतीको लागि जमीन तथा औजार व्यवस्थापन गर्ने
    • साना रेशम किरा चिन्ने, त्यसलाई हुर्काउन घरको व्यवस्था गर्ने र त्यसलाई 
      जिवाणुरहित बनाउने
    • रेशम किराका अण्डा छान्ने, लार्भालाई हुर्काउने र तिनलाई कमिलाबाट 
      बचाउने
    • खुवाउनको लागि किम्बुका पातहरू तयार गर्ने र खुवाउने
    • आवश्यक रेकर्डहरू राख्ने
    • तापक्रम, आद्रता, हावाको निकास र प्रकाश मिलाउने
    • उत्पादन र रेशमको बजार व्यवस्थापन गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    • आफ्नै व्यवसाय खोल्न सकिने
    • आफ्नो समय अनुकूल काम गर्न सकिने
    • परिवारलाई नै संलग्न गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
सामान्य लेखपढ

क्यारियर पथ (Career Path)

१. सेरीकल्चरसम्बन्धी तह १ (१४० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

सेरीकल्चर फार्म, सेरीकल्चर उद्योग

क्यारियर विकास पथ (Career Developmment Path)

रेशम किरा उत्पादक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।