स्टेनलेस स्टील फेब्रिकेटर
(Stainless Steel Fabricator)

विवरण (Definition)

स्टेनलेस स्टीललाई कटिङ, ग्राइन्डिङ, वेल्डिङ आदि गरी स्टीलको एक निश्चित संरचनागत ढाँचा तयार गर्ने कामदारलाई स्टेनलेस स्टील फेब्रिकेटर भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    • आवश्यक सामग्री, औजार तथा उपकरणको तयारी गर्ने
    • कटिङ, ड्रिलिङ, ग्राइन्डिङ आदि कार्य गर्ने, नाप लिई चिनो लगाउने
    • ग्यास फ्लेमको उपयोग गरी स्टील काट्ने
    • ड्रिलिङ गर्ने, विभिन्न भाग जोड्न सही अवस्थामा मिलाएर राख्ने
    • धार निकाल्न ग्राइन्डिङ गर्ने
    • ट्याक वेल्डिङ, आर्क वेल्डिङ, टिडा वेल्डिङ, स्पेट वेल्डिङ आदि वेल्डिङ विधि 
      प्रयोग गरी धातुलाई जोड्ने
    • छत–रेलिङ, सिंढी रेलिङ, कम्पाउन्ड रेलिङ आदि तयार गर्ने
    • बनिसकेको संरचनालाई रङ्गरोगन, पालिस गरी आवश्यक फिनिसिङ दिने
    • स्टेनलेस स्टील फेब्रिकेटर पेशाअन्तर्गत अपनाउनुपर्ने पेशागत स्वास्थ्य 
      सुरक्षासम्बन्धी सावधानी अपनाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    बजार फराकिलो भएको हुनाले दक्ष स्टेनलेस स्टील फेब्रिकेटरको बढ्दो माग

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
सामान्य लेखपढ

क्यारियर पथ (Career Path)

१. स्टेनलेस स्टील फेब्रिकेटरसम्बन्धी तह १ (४०७) को तालीम

कार्य क्षेत्र (Working Area)

स्टेनलेस स्टील फेब्रिकेटरसम्बन्धी कारखाना, निर्माण व्यवसाय उद्योग वा पसल, 
भवनहरू

क्यारियर विकास पथ (Career Developmment Path)
  • कार्य अनुभवसहित तह २ को तालीम 
    लिएर सो अनुसार कार्य गर्ने
  • स्टेनलेस स्टील फेब्रिकेटर टेक्निसियन
  • स्टेनलेस स्टील फेब्रिकेट प्रशिक्षक
  • स्टेनलेस स्टील फेब्रिकेटसम्बन्धी 
    ठेकेदार
प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।