लघु जलविद्युत् सहायक
(Micro Hydro Assistant)

विवरण (Definition)

स्थानीय स्रोत र साधनको प्रयोग गरी स्थानीय स्तरमै निर्माण हुने लघुजलविद्युत् परियोजना विकासमा चाहिने सिभिल निर्माण, मेकानिकल उपकरण तथा विद्युतीय उपकरणसम्बन्घी आवश्यक ज्ञान भएका सहयोगी प्राविधिकलाई लघु जलविद्युत् सहायक भनिन्छ । लघु जलविद्युत् सञ्चालकले लघु जलविद्युत् प्लान्टको दैनिक निरीक्षण, सञ्चालन तथा आवश्यक मर्मतका काम गर्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    • सिभिल संरचना निर्माणमा सहयोग गर्ने
    • मेकानिकल उपकरण जस्तै, टरवाइन, बटरफ्लाई भल्भ, एक्स्पान्सन जोइन्ट 
      जोड्न सहयोग गर्ने
    • उपकरणहरू तथा लघु जलविद्युत् प्लान्टको रेखदेख र आवश्यक 
      मर्मतसम्भार गर्ने
    • आरबिएम, फ्रिक्वेन्सी, डिस्चार्ज, भोल्टेज आदि जाँच गरी विद्युत् उत्पादनको 
      शुरुवात गर्ने
    • ट्रान्स्मिसन, डिस्ट्रिब्युसनसम्बन्धी काम गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    सरकारी तथा निजी हाइड्रोपावरमा बढ्दो माग

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
८ कक्षा

क्यारियर पथ (Career Path)

१. लघु जलविद्युत् सञ्चालकको तह १ को तालीम (५५० घण्टा)

कार्य क्षेत्र (Working Area)

हाइड्रोपावर परियोजना

क्यारियर विकास पथ (Career Developmment Path)
  • लघु जलविद्युत्सम्बन्धी अरू तह (तह २ र ३) को तालीम लिई त्यही 
    अनुसारको काम
  • हाइड्रोपावरसम्बन्धी प्रशिक्षक
प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००- २०,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।