विवरण (Definition)
रेफ्रिजेरेसन तथा एयरकन्डिसन मिस्त्रीले रेफ्रिजेरेटर (फ्रिज) तथा एयरकन्डिसनमा आउने समस्याहरूको पहिचान गरी त्यसको मर्मतसम्भार गर्छन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-रेफ्रिजेरेसन तथा एयरकन्डिसन मेसिनमा हुने विभिन्न भाग तथा त्यसमा
उपयोग भएका पाटपुर्जासम्बन्धी ज्ञान राख्ने
- आफ्नो कार्यशालाको व्यवस्थापन गर्ने
- कन्डेन्सर, इभापोरेटर, ड्रेन लाइन तथा ट्रेको मर्मत गर्ने तथा विद्युत् प्रसारण
प्रणाली मर्मत गर्ने
- बिग्रिएको बल्ब, हिटर, पङखा, कम्पे्रसर, ढोकाका स्वीच, क्यापासिटर, डिफ्रोट
थर्मल स्वीच आदि फेर्ने
- एयरकन्डिसनका कन्डेन्सर, इभापोरेटर, ब्लेअर, ड्रेन लाइन तथा ट्रे र त्यसमा
सञ्चार हुने करेन्ट आदिलाई ठीक अवस्थामा राख्ने
- पेशाअन्तर्गत अपनाउनुपर्ने पेशागत स्वास्थ्य र सुरक्षासम्बन्धी सावधानी
अपनाउने
महत्व र फाइदाहरू (Importance and advantages)
-सरकारी जागीरमा बढ्दो माग
- रोजगारीको धेरै अवसर
- आफ्नै व्यवसाय गर्न सकिने
- छोटो समयमा नै यो पेशामा जान सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. रेफ्रिजेरेसन तथा एयरकन्डिसन मिस्त्री (३९० घण्टा) |
|
कार्य क्षेत्र (Working Area) | कार्यालय, बसोबास तथा हाउजिङ कम्पनी |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-टेक्निसियन |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,०००- २०,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।