मौरीपालक
(Beekeeper)

विवरण (Definition)

मौरीको पालनपोषण गरी मह उत्पादन गर्ने, मह, मैन, पराग आदि संकलन गरी व्यापार गर्ने तथा मौरी नै उत्पादन गरेर पनि बिक्री गर्ने व्यक्तिलाई मौरीपालक हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -मौरीको लागि यथेष्ट प्राकृतिक चरनको व्यवस्था गर्ने 
    - मौरीको घार व्यवस्थापन गर्ने, मौरी सङ्ख्या, रानी मौरी, भालेमौरी र 
    कामदार मौरी बन्ने प्रक्रियामा नियन्त्रण गर्ने
    - मौरीलाई परभक्षी तथा विभिन्न प्रकारका रोगबाट बचाउने 
    - फूल नफुल्ने समयमा मौरीलाई वैकल्पिक आहारको रूपमा कृत्रिम पराग, 
    चिनीको घोल, ग्लुकोज, चिनीको क्यान्डी आदि व्यवस्था गर्ने 
    - मह तथा अन्य वस्तु जस्तै मैन, शाही मह, पराग आदिको उत्पादन गर्ने, 
    भन्डारण गर्ने र बजार व्यवस्थापन कार्य गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -बढ्दो माग
    -आफ्नै घर पाखामा काम गर्न सकिने
    - वातावरणलाई कुनै हानि नोक्सानी नपुग्ने
    - स्वास्थवर्धक मह उत्पादनमा योगदान

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
८ कक्षा

क्यारियर पथ (Career Path)

१. मौरीपालनको आधारभूत तालीम (५८१ घण्टाको)

कार्य क्षेत्र (Working Area)

मौरीपालन फार्म, खेतपाखा

क्यारियर विकास पथ (Career Developmment Path)

-मह काढ्ने तालीम प्रशिक्षक 
- मह/माहुरी व्यवसायी

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००- २०,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।