विवरण (Definition)
जडीबुटी उत्पादक किसानले विभिन्न औषधीय गुण भएका बोटबिरुवा जस्तै, घिउकुमारी, चिराइतो, गुर्जाे, बोझो, पिपल, नीम, अश्वगन्धा आदिको खेती गरी तिनको सही प्रशोधन र भण्डारण गरी बजारमा बिक्री गर्छन् ।
प्रमुख कार्यहरू (Major Tasks)
🞄 स्तरीय बिउबिजन छनोट गरी मलिलो माटोयुक्त नर्सरी बनाएर जडीबुटीका बेर्ना उत्पादन गर्ने
🞄 बोट सुहाउँदो, खेतीयोग्य जमिनमा बिउ अथवा बेर्ना लगाउने
🞄 सिँचाई व्यवस्था गर्ने, यथेष्ट मलजल तथा गोडमेल गर्ने तथा उकेरा लगाउने
🞄 प्राकृतिक अथवा प्राङ्गारिक वा रासायनिक मलको प्रयोग गर्ने
🞄 उचित हावा, प्रकाश, तापक्रम तथा आद्रता कायम भएको ठाउँमा भण्डारण गर्ने
🞄 जडीबुटी बजार पु¥याएर बिक्री गने
महत्व र फाइदाहरू (Importance and advantages)
🞄 नेपालमा जडीबुटी उत्पादनको धेरै संभावना
🞄 वैकल्पिक उपचार पद्धतिको रूपमा जडीबुटीको बढ्दो विकास तथा प्रवर्धन
🞄 स्वरोजगारको संभावना रहेको
🞄 देशको प्राकृतिक स्रोतको उपयोग
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. जडीबुटी उत्पादनसम्बन्धी तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | जडीबुटी उद्योग, जडीबुटी फार्म, जडीबुटी पसल |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
🞄 जडीबुटी व्यवसायी |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. ८,०००–१७,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।