विवरण (Definition)
कुनै विषयवस्त् विशेषमा शैक्षिक ज्ञान र/वा व्यवहारिक सीपमा दखल भएका तथा आफ्नो ज्ञान र सीपलाई विद्यालयमा विद्यार्थीहरूलाई संरचनात्मक ढंगले प्रदान गर्ने व्यक्तिलाई विद्यालय शिक्षक भनिन्छ । यिनीहरूमा विशेष ज्ञान तथा सीपलाई पठनपाठनको विशेष सन्दर्भमा कुशल पूर्वक लागू गर्न सक्ने क्षमता हुन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
- दैनिक पाठयोजना (lesson plan) तयार गरी सो अनुसारको अध्यापन TAT निर्माण गर्ने
- विद्यार्थीको सैद्धान्तिक र व्यवहारिक ज्ञान र सिकाइको अभिलेख तयार गर्ने
- प्रभावकारी शिक्षणका लागि नयाँ शैक्षिक विधिहरूको सिर्जना गरी उपयोगमा ल्याउने
- पाठयक्रम र शैक्षिक तथा व्यावसायिक विकासका गतिविधिहरूमा सक्रिय रूपले सहभागी हुने
- विद्यार्थीहरूको सर्वागीण विकासका लागि अनुशासन कायम राख्ने, अतिरिक्त क्रियाकलापहरूको आयोजना गर्न सहयोग गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- समाजमा शिक्षकको प्रतिष्ठित स्थान
- आफ्नो ज्ञान, सीप तथा अध्ययनलाई युवापुस्तामा बाँड्ने अवसर
- रोजगारीको अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))
| वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) शिक्षा विषयमा दश जोड दुई |
|
| क्यारियर पथ (Career Path) |
१. शिक्षा विषयमा स्नातक, तथा २. शिक्षण पेशाको अनुमति पत्र लिनुपर्ने |
|
| कार्य क्षेत्र (Working Area) | विद्यालय, शैक्षिक संस्थानहरू |
|
| क्यारियर विकास पथ (Career Developmment Path) |
|
|
| प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 25000 – 30000 | |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।