संग्रहालयविज्ञ
(Museologist)

विवरण (Definition)

संग्रहालय भवनमा प्रदर्शित गरिएका वस्तुहरूको अनुक्रमण गर्ने, सूचीकृत गर्ने, संरक्षण गर्ने तथा रेखदेख गर्ने व्यक्तिलाई संग्रहालयविज्ञ भनिन्छ । यिनीहरू इतिहासविद्, अभिलेखाध्यक्षसँग मिलेर काम गर्छन् |

प्रमुख कार्यहरू (Major Tasks)

    • संग्रहालयमा आवश्यक वस्तुहरूको पहिचान गरी संग्रह गर्ने
    • संग्रहित भएका वस्तुहरूको अवस्था तथा यथार्थताको परीक्षण गर्ने
    • संग्रहित वस्तुहरूलाई वर्गीकरण गर्ने
    • संग्रहित वस्तुहरूको संरक्षण तथा उचित भण्डारण गर्ने
    • संग्रहित वस्तुहरू प्रदर्शनमा राख्ने
    • संग्रहालयसँग सम्बन्धित विषयवस्तुमा शिक्षा प्रदान गर्ने
    • अनुसन्धानकर्ताहरूलाई सहयोग गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    • पुरातात्विक महत्वका वस्तृहरूबारे अध्ययनको अवसर
    • पर्यटनविकासमा योगदान
    • जनसम्पर्क बढने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

संस्कृति पुरातत्व र ललितकला विषयमा स्नातक

क्यारियर पथ (Career Path)

१. संग्रहालय विज्ञानमा स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

संग्रहालय, शैक्षिक संस्था, अनुसन्धान केन्द्र, उत्खनन स्थल

क्यारियर विकास पथ (Career Developmment Path)
  • संग्रहालय प्रमुख
  • प्राध्यापक
  • अनुसन्धानकर्ता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 25000-35000

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।