विवरण (Definition)
चार्टर्ड एकाउण्टेन्ट भनेको लेखा विशेषज्ञ हुन्, जसले कम्पनीको खाताको जाँच(अडिटिङ्गी र लेखाका क्राहरूमा सल्लाह दिने, कम्पनीको खातालाई देशको नियमकानून अनुसार पालन गर्न लगाउने कार्य गर्दछन् |
प्रमुख कार्यहरू (Major Tasks)
- व्यवस्थापन, शेयरधनी र वैधानिक वा अन्य निकायलाई वित्तीय विवरणको प्रस्तुतीकरण र प्रमाणीकरण तयार गर्ने
- बजेट र खाताहरूको स्थापना गर्ने र नीति र प्रणालीहरूको निर्माण र नियन्त्रण गर्ने
- कर फिर्ताको तयारी TH, करको समस्यामा सल्लाह दिने र विवादित करका विषयमा स्पष्टीकरण दिने
- नाफा पूर्वानुमानको प्रतिवेदन तयार गर्ने
- वित्तसम्बन्धी योजनामा सल्लाह दिने
- एकाउण्टेन्ट र व्यवस्थापन सल्लाहकारको रूपमा सेवा दिने
महत्व र फाइदाहरू (Importance and advantages)
- रोजगारीको प्रबल सम्भावना
- आंशिक (Part time) वा पूर्ण (Full time) समयावधिको रोजगारीको अवसर
- आफ्नै अडिट फर्म खोल्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
| वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) दश जोड दई |
|
| क्यारियर पथ (Career Path) |
चर्टर्ड एकाउन्टेन्सी प्रोफेसनल डिप्लोमा (5 वर्ष) |
|
| कार्य क्षेत्र (Working Area) | वित्तीय तथा बीमा कम्पनी, बैंकिङ्ग क्षेत्र, कोअपरेटिभ, योजना र व्यवस्थापन क्षेत्र, लेखा परीक्षण कार्यालय, अडिट फर्म |
|
| क्यारियर विकास पथ (Career Developmment Path) |
|
|
| प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 40,000-50,000 | |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।