विवरण (Definition)
चियाको इतिहास, प्रकार र उत्पादनबारे ज्ञान भएका, चिया खेती वा उद्योगको समग्र गतिविधिको विकास तथा प्रवर्धन गर्न विविध क्रियाकलाप गर्ने, सोको निर्देशन दिने तथा चियाको उच्च गुणस्तरको व्यावसायिक खेतीबारे नीतिनियम बनाउन सहयोग पु-याउने व्यक्तिलाई चिया प्राविधिक भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
- उच्च गृणस्तरको अर्गानिक र अन्तर्राष्टिय स्तरको चिया व्यावसायिक रूपमा उत्पादन गर्ने
- चिया खेती र चिया कारखाना/उद्योगको समग गतिविधिको विकास तथा प्रवर्धनमा सहयोग गर्ने
- चिया उद्योगको कर्मचारी तथा कामदारहरूसँग स्थानीय र विश्वव्यापी बजारबारे ज्ञान आदानप्रदान गर्ने
- चिया उत्पादनमा पर्यावरण तथा सांस्कृतिक अनुकूलन विधि अपनाउने
- समग्र चिया विकास र व्यवस्थापनका लागि प्रविधिको योजना र नीतिहरू विश्लेषण गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- नेपालमा भएका चिया उद्योगको विकासमा योगदान
- नेपाली चिया बजारको विस्तारमा सहयोग
- रोजगारीको प्रशस्त सम्भावना
- विदेशमा नेपाली चियाको बढ्दो माग
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
| वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) दश जोड दई |
|
| क्यारियर पथ (Career Path) |
चिया प्रविधि र व्यवस्थापनमा स्नातक |
|
| कार्य क्षेत्र (Working Area) | चिया उद्योग वा कारखाना, चियाबारी, अनुसन्धानशाला |
|
| क्यारियर विकास पथ (Career Developmment Path) |
चिया व्यवसायी चिया सल्लाहकार वरिष्ठ चिया प्राविधिक कारखाना प्रबन्धक चिया जाँच्ने/बोकर मार्केटिङ अधिकृत |
|
| प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु 20000-25000 | |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।