पुरातत्वविद्‌
(Archaeologist)

विवरण (Definition)

पुरातत्वविद्‌ को रूचि मानव संस्कृति पहिले कस्तो थियो भन्ने करामा हुन्छ |भौतिक अवशेषको आधारमा मानवजातिको संस्कृतिको विकास कसरी भएको थियो भन्नै कुरा बुझनको निम्ति विभिन्न अवशेष तथा भग्नाववैशहरूको अध्ययन गर्ने व्यक्तिलाई पु्रातत्वविद्‌ भनिन्छ | यिनीहरू बस्ती, मन्दिर, उपकरण, भाँडाकुँडा, सिक्का, हातहतियार वा मूर्तिको जाँच गरी मानव सभ्यताको इतिहास खोजी गर्ने कार्य गर्छन्‌ । मानव अवशेष प्राप्त गर्न यिनीहरू उत्खनन गर्छन्‌ र प्राप्त वस्तुको तिथि पत्ता लगाउँदछन्‌ |

प्रमुख कार्यहरू (Major Tasks)

    • पुरातन समयमा प्रयोगमा आएका भौतिक अवशेष, स्मारकहरू र अन्य सांस्कृतिक अवशेषहरूको अध्ययन गर्ने, पुरातात्विक
    • ठाउँहरू भ्रमण गर्ने र पुरातात्विक स्थलको उत्खनन गरी कालक्रम निर्धारण गरी अध्ययन गर्नै
    • लोपोन्मुख शहरहरू, संरचनाहरू र अन्य प्राचीन बस्ती, शहरहरूको खोजी,अन्वेषण तथा सर्वेक्षण गर्ने र व्यवस्थित उत्खनन कार्य सञ्चालन गर्ने
    • पुरातात्विक महत्वको बारेमा निष्कर्ष र शोधपत्र लेख्ने, अनुसन्धान गर्ने
    • संग्रहालयमा एकत्रित लेख र अन्य प्रदर्शनको वर्णनात्मक सूची तयार गर्ने
    • पुरातत्वमा रूचि राख्ने विद्यार्थीहरू र अरूलाई प्रवचन दिने

महत्व र फाइदाहरू (Importance and advantages)

    • कुनै स्थानको कला, संस्कृति तथा मानव विकासको इतिहास जान्ने अवसर
    • कला, संस्कृति, आदिको संरक्षणमा योगदान
    • थोरै मात्र पेशागत व्यक्तिहरू हुँदा यो पेशाको बढ्दो माग

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1): स्नातक तह उत्तीर्ण 

क्यारियर पथ (Career Path)

विकल्प १ (Option 1): पुरातत्व विषयमा

पिजीडी

विकल्प २ (Option 2): पुरातत्व विषय लिई

स्नातकोत्तर

विकल्प ३ (Option 3): संग्रहालय विषयमा

स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

पुरातत्व विभाग, संग्रहालय, पुरातत्व संरक्षणमा संलग्न गैरसरकारी संस्थाहरू,उत्खनन भइरहेको स्थान

क्यारियर विकास पथ (Career Developmment Path)
  • प्राध्यापक
  • अनुसन्धानकर्ता
     
प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. २५,००० देखि ३५,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।