पुष्प सजावटकर्ता
(Flower Decorator)

विवरण (Definition)

पृष्प सजावट तथा व्यवस्थापनसम्बन्धी अध्ययन गरेका र फलहरूलाई स्रक्षित रूपमा सम्हाल्ने तरिका जानेका तथा विभिन्त किसिमका फूलहरूलाई गुच्छा, माला, गमला आदिको रूपमा सजाउने कार्य गर्ने व्यक्तिलाई पुष्प सजावटकर्ता वा पुष्प सज्जाकार (फ्लोरिस्ट) भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    • फूलहरूलाई व्यवस्थित तथा सुरक्षित रूपमा सजाउने
    • फूलहरू विभिन्न किसिमले आकर्षित ढाँचामा राख्ने
    • ग्राहकको माग अनुसार फूलहरूको गुलदस्ता बनाउने
    • फूललाई लामो समयसम्म कसरी टिकाउने भन्नेबारे गाहकलाई जानकारी दिने
    • फूलसँग सम्बन्धित विषयमा अनुसन्धान गर्न सहयोग गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    • प्राकृतिक सुन्दरताको नजिक भएर काम गर्ने अवसर
    • फूलहरू आफ्नै बारीमा वा स्थानीय ठाउँमा पाउन सकिने भएकोले सजिलो
    • बजारमा बाह्रै महिना तथा दिनानुदिन बढ्दो माग
    • आफ्नै लगानीमा व्यवसाय गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

कक्षा ८

क्यारियर पथ (Career Path)

पुष्प सजावटकर्ताको ३९० घण्टाको तालीम

कार्य क्षेत्र (Working Area)

फूलपसल, नर्सरी, इभेन्ट म्यानेजमेन्ट संस्था

क्यारियर विकास पथ (Career Developmment Path)
  • प्रशिक्षक
  • फूल व्यापारी
  • फूल सजावटसम्बन्धी ठेकेदार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२५,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।