फर्निचर मिस्त्री
(Furniture Maker)

विवरण (Definition)

काठबाट विभिन्न किसिमका फर्निचर तयार पार्ने मिस्त्रीलाई फर्निचर मिस्त्री भनिन्छ | फर्निचर मिस्त्रीले ग्राहकको मागबमोजिम आफ्नो कार्य निर्धारण गरेर काठको छनोट गर्ने, काठको सतह तयार पार्ने, फर्निचरका विभिन्न भाग तयार पारेर आवश्यक आकार दिन काठ काट्ने, छोट्याउने र जोड्ने, आदि काम गर्छन्‌ |

प्रमुख कार्यहरू (Major Tasks)

    • नाप्ने औजारको जानकारी लिने र प्रयोग गर्ने
    • काठको काममा चाहिने औजारहरूको धार तयारी अवस्थामा राख्ने, चिजल र
    • बसुलामा धार बनाउने विधि सिक्ने
    • रुखका जात र काठबारे जानकारी राख्ने, नक्सा खिच्न चाहिने सामगीको जानकारी लिने र त्यो कामको अभ्यास गर्ने
    • काठ गिँडने र चिर्ने विधि सिक्ने र अभ्यास गर्ने
    • नापका इकाइ परिवर्तन र यसको अभ्यास गर्ने
    • काठको छनोट गरी काठलाई सही नापमा काटने, छोट्याउने, प्यानल तथा
    • तारजाली फेममा जोडने तथा फर्निचरका विभिन्न भाग बनाउने
    • फर्निचरका साधारण जोइन्ट जस्तै, बट जोइन्ट, क्रस हाफ ल्याप जोइन्ट,मिटर हाफ ल्याप जोइन्ट, टेनन मोर्टाइज जोइन्ट, खुला ढुकुरपुच्छे र बन्द ढुकुरपुच्छे जोइन्ट, डोएल्स जोइन्ट, ग्रुभ फिदर जोइन्ट आदि बनाई फर्निचरका विभिन्न भाग जोडने

महत्व र फाइदाहरू (Importance and advantages)

    • निर्माण र आन्तरिक साजसज्जाको सचैतनासँगै काठको फर्निचरको बढ्दोमाग
    • रोजगारीको अवसरमा वृद्धि
    • स्वरोगारमा जान सकिने
    • वर्षभरि नै माग भइरहने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

कक्षा ५

क्यारियर पथ (Career Path)

१ फर्निचर मिस्त्रीको तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

फर्निचर पसल, उद्योग, काठ कारखाना

क्यारियर विकास पथ (Career Developmment Path)
  • कार्य अनुभव सहित ३ तहसम्मको सीप                             
  • प्रशिक्षकपरीक्षणमा उत्तीर्ण भई सो अनुसारको कार्य                           
  • फर्निचर उद्यमी                                                            
  • फर्निचरसम्बन्धी ठेकेदार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२५,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।