विवरण (Definition)
परिभाषा दाँत, मुख, गिजाको स्थिति जाँच गर्ने, यी अङ्गमा लाग्ने रोग पहिल्याउने, त्यसको उपचार गर्ने, तिनमा विभिन्न रोग, चोट लाग्नबाट बचाउने कार्य गर्ने व्यक्ति दन्तचिकित्सक हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
• डेन्टल इन्जिन र अरू समगीहरूको प्रयोग गरी दाँत तथा दाँतको र क्याभिटीको सरसफाई गर्ने
• दाँतको रोग पत्ता लगाउन त्यसको नतिजाको परीक्षण गर्ने
• दाँतमा सिमेन्ट, धातु वा प्लाष्टिक भर्ने
• सामान्य बेहोसीको औषधिको प्रयोग गरी आवश्यकता अनुसार मुखको सर्जरीको तयारी गर्ने
• भाँच्चिन लागेका, कृहिएका दाँतहरूलाई सर्जिकल सामानको प्रयोग गरी दाँत निकाल्ने
• कृत्रिम दाँत बनाउने
• बिरामीलाई दाँतसम्बन्धी सल्लाह दिने
महत्व र फाइदाहरू (Importance and advantages)
-मुखको स्वास्थ्य (ओरल हेल्थ)को विकाससँगै दन्तचिकित्सकको बढ्दो माग
-आफ्नै क्लिनिक खोल्न सकिन
-रोजगारीको पर्याप्त अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (Option 1 विकल्प २ (Option 2) विकल्प 3 (Option 3) विज्ञान विषयमा दश जोड विज्ञान विषयमा दश जोड विज्ञान विषयमा दश |
|
क्यारियर पथ (Career Path) |
१. डेन्टल विज्ञानमा डिप्लोमा (डेन्टल हाइजिन, ३ वर्षे) २. डेन्टल हाइजिनिस्ट (२ वर्षे) १. डेन्टल प्रयोगशाला प्रविधिमा डिप्लोमा (३ वर्षे) २. डेन्टल चिकित्सकमा स्नातक १. डेन्टल सर्जरीमा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | सरकारी तथा निजी अस्पताल, नर्सिङ होम/क्लिनिक, हेल्थ विभाग, मेडिकल कलेज |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-डेन्टल सर्जरीमा स्नातकोत्तर - वरिष्ठ दन्तचिकित्सक -प्राध्यापक -अनुसन्धानकर्ता |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु ४०,०००-५०,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।