फिजियोथेरापिष्ट
(Physiotherapist)

विवरण (Definition)

फिजियोथेरापी विषयमा अध्ययन गरी, शारीरिक समस्या भएका, दुर्घटनामा परेका, दीर्घरोगी, वृद्ध–वृद्धाको हड्डी, मांशपेशी, नशासम्बन्धी शारीरिक समस्याको उपचार गर्ने व्यक्तिलाई फिजियोथेरापिष्ट भनिन्छ

प्रमुख कार्यहरू (Major Tasks)

    • हड्डी, मांशपेशी, नशासम्बन्धी शारीरिक समस्याको पहिचान गर्ने
    • सेवाग्राहीको शरीरलाई विभिन्न तरिकाले चलाएर, अल्ट्रासाउण्डको प्रयोगबाट, तापक्रम, लेजर, वा उस्तै प्रकारका प्रविधिको प्रयोग गरी उपचार गर्ने
    • शारीरिक सुस्वास्थ्य कायम गरीराख्नको लागि सेवाग्राहीलाई सहयोग गर्ने
    • सेवाग्राहीलाई शारीरिक मुद्रा वा बसाई, हिँडाइ आदिको मुद्रा सिकाउने ताकि उनीहरूको स्वस्थ भइरहुन् ।

महत्व र फाइदाहरू (Importance and advantages)

    • स्वास्थ्य क्षेत्रको विकाससँगै फिजियोथेरापिष्टको बढ्दो माग
    • आफ्नै लगानीमा पनि व्यवसाय गर्न सकिने
    • मानिसका समस्या समाधान गर्ने पेशा
    • रोजगारीको पर्याप्त अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1)

माध्यमिक शिक्षा परीक्षा

 

विकल्प २(Option 2)

 

विज्ञानमा दश जोड दुई

क्यारियर पथ (Career Path)

विकल्प १ (Option 1)

१. फिजियोथेरापीमा डिप्लोमा (३ वर्षे) 

 

विकल्प २(Option 2)

 

फिजियोथेरापीमा स्नातक -BPT

कार्य क्षेत्र (Working Area)

अस्पताल, रिहाविलिटेशन सेन्टर, फिटनेस सेन्टर

क्यारियर विकास पथ (Career Developmment Path)

विकल्प १ (Option 1)

  • फिजियोथेरापीमा स्नातक - BPT
  • वरिष्ठ फिजियोथेरापिष्ट
  • फिजियोथेरापी केन्द्र सञ्चालक

 

विकल्प २(Option 2)

  •  विकल्प १ को सबै तथा 
  • प्राध्यापक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,००० -२५,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।