रेडियोग्राफर
(Radiographer)

विवरण (Definition)

रेडियोग्राफर एक प्रकारका स्वास्थ्यकर्मी हुन्, जसले रोगको किटान र उपचारको लागि मानव एनाटोमीको छायाँचित्र तथा तस्वीर निकाल्ने काम गर्दछन् । यिनलाई एक्स–रे प्राविधिक पनि भन्ने गरिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -सेवाग्राहीहरूको नियमित रेडियोग्राफी प्रदर्शन गर्ने 

    -फोनेटोग्राफिक र एक्स–रे उपकरणहरू मिलाउने 

    -विकिरणका सम्भावित खतराबाट रोगीहरूलाई सुरक्षित राख्ने 

    -अनुसन्धान कार्यमा सहयोग गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -अस्पताल, ल्याबहरूको संख्या बढ्दै जाँदा रेडियोग्राफरको पनि बढ्दो माग 

    -बिरामीको रोग पत्ता लगाउने कार्यमा योगदान

    -आंशिक समय पनि काम गर्न सकिन

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1)

माध्यमिक शिक्षा परीक्षा

क्यारियर पथ (Career Path)

१. डायग्नोस्टिक रेडियोग्राफीमा डिप्लोमा (३ वर्ष)

कार्य क्षेत्र (Working Area)

अस्पताल, निजी क्लिनिक

क्यारियर विकास पथ (Career Developmment Path)

वरिष्ठ रेडियोग्राफर

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,००० -३०,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।