विवरण (Definition)
विद्युतीय उपकरण, प्रणाली र संयन्त्र निर्माण र डिजाइन गर्ने, तिनको मर्मतसम्भार गर्न, विद्युतीय संयन्त्र वा मेसिन सञ्चालन वा व्यवस्थित गर्न निर्देशन दिने व्यक्ति विद्युतीय इन्जिनियर हुन् । यिनीहरू ती प्रणाली, उपकरण, आदिबारे अनुसन्धान पनि गर्छन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-बिजुली उत्पादन, प्रसारण र वितरण गर्ने पावर स्टेसनको डिजाइन गर्ने तथा
सञ्चालन कार्यमा सल्लाह दिने
-बिजुली उत्पादन, प्रसारण र वितरण गर्ने प्रणालीलाई निरीक्षण, नियन्त्रण र
अनुगमन गर्ने
- विद्युतीय मोटर, उपकरण, आदिका प्रणाली डिजाइन गर्ने
- अवस्थित बिजुली प्रणाली, मोटर, आदिको व्यवस्था तथा मर्मत गर्न सल्लाह दिन
महत्व र फाइदाहरू (Importance and advantages)
-देशभर बिजुली उत्पादन, प्रसारण र वितरण गर्न कार्यमा योगदान
-रोजगारीको सम्भावना
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (Option 1) माध्यमिक शिक्षा परीक्षा
विकल्प २ (Option 2) माध्यमिक शिक्षा परीक्षा
विकल्प ३ (Option 3)
भौतिकविज्ञान लिएर दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
विकल्प १ (Option 1) १. इलेक्ट्रिकल इन्जिनियरिङमा प्राविधिक एसएलसी (१८ महिना) २. इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमा (३ वर्षे) – सबइन्जिनियर ३. इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक
विकल्प २ (Option 2) १. इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमा (३ वर्ष) – सबइन्जिनियर २. इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक
विकल्प ३ (Option 3)
१. इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | बिजुली उर्जा उत्पादन केन्द्र, विद्युत् उद्योग, विद्युतीय यन्त्र उत्पादन कम्पनी र पसल |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर - वरिष्ठ इन्जिनियर - प्रशिक्षक - प्राध्यापक - अनुसन्धानकत |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु २५,०००-३५,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।