सिभिल इन्जिनियर
(Civil Engineer)

विवरण (Definition)

भवनहरूको डिजाइन गर्ने, रेखांकन गर्ने र निर्माण कार्यमा निर्देशन र सल्लाह दिने व्यक्ति सिभिल इन्जिनियर हुन् । यिनले यस्ता कामको व्यवस्थापन र संरचनाहरूको मर्मत तथा प्राविधिक पक्षको अध्ययन तथा अनुसन्धान पनि सञ्चालन गर्छन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    • पुल, ड्याम, सडक, विमानस्थान, विभिन्न प्रकारका भवनआदिको डिजाइन गर्ने तथा डिजाइन गर्न सल्लाह दिने
    • संरचनाहरूको रेखदेख तथा मर्मत गर्ने
    • संरचनाको निर्माणको लागि विधि, निर्माण सामग्री, तथा त्यसको गुणस्तर निर्धारण गर्ने
    • डिजाइन गरे अनुसार संरचनाहरूको निर्माण भएको छ भन्ने निक्र्योल गर्न मापदण्ड बनाउने
    • सिभिल इन्जिनियरिङसम्बन्धी अनुसन्धान सञ्चालन गर्ने तथा नयाँ सिद्धान्त र विधिको विकास गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    • बलियो तथा आधुनिक भवन, पुल, सडक आदि विकास निर्माण कार्यमा
    • योगदान 
    • रोजगारीको प्रबल सम्भावना
    • विभिन्न ठाउँको भ्रमणको अवसर
    • आफ्नै फर्म खोल्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1)

माध्यमिक शिक्षा परीक्षा

 

विकल्प २ (Option 2)

माध्यमिक शिक्षा परीक्षा

 

विकल्प ३ (Option 3)

 

भौतिकविज्ञान लिएर दश जोड दुई

क्यारियर पथ (Career Path)

विकल्प १ (Option 1)

१. सिभिल इन्जिनियरिङमा 

प्राविधिक एसएलसी 

(१८ महिना) 

२. डिप्लोमा (३ वर्ष) – 

सबइन्जिनियर

३. सिभिल इन्जिनियरिङमा 

स्नातक

 

विकल्प २ (Option 2)

१. सिभिल इन्जिनियरिङमा 

डिप्लोमा (३ वर्ष) – 

सबइन्जिनियर

२. सिभिल इन्जिनियरिङमा 

स्नातक

विकल्प ३ (Option 3)

 

१. सिभिल 

इन्जिनियरिङमा 

स्नातक

कार्य क्षेत्र (Working Area)

जलविद्युत् संस्था, सरकारी संस्था, निर्माण संस्था

क्यारियर विकास पथ (Career Developmment Path)
  • सिभिल इन्जिनियरिङमा स्नातकोत्तर
  • वरिष्ठ सिभिल इन्जिनियर
  • प्राध्यापक
  • अनुसन्धानकता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु २५,०००-३५,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।