इन्डस्ट्रियल इलेक्ट्रिसियन
(Industrial Electrician)

विवरण (Definition)

औद्योगिक क्षेत्रमा बिजुलीसम्बन्धी काम गर्ने अर्थात् विभिन्न किसिमका कलकारखाना तथा उद्योग सञ्चालनमा आवश्यक वायरिङ गरी मेसिन सञ्चालनका लागि विद्युत् आपूर्तिको व्यवस्था मिलाउने र उद्योगभित्र प्रकाशका लागि चाहिने विद्युत्को व्यवस्थापन गर्ने व्यक्तिलाई इन्डस्ट्रियल इलेक्ट्रिसियन भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    • विद्युतिय नक्शाचित्र अध्ययन गर्ने र सामान्य चित्र बनाउने
    • विद्युतिय सङ्केतबारे आवश्यक ज्ञान राख्ने
    • काठको लिस्टी, पाइप प्रयोग गरी सतही वायरिङ गर्ने
    • १५ एचपीसम्मको विद्युतिय मोटरहरू जडान गर्ने
    • ५०० के भीए/११ के भीएसम्मको पावर ट्रान्सफर्मर जोड्ने
    • सिङ्गल फेज, थ्रिफेज, एसी÷डिसी मोटर तथा नियन्त्रण र सञ्चालन गर्ने उपकरण जोड्ने ।
    • अर्थिङ संयन्त्र जडान गर्ने
    • विभिन्न सञ्चालन संयन्त्रको एकआपसमा कनेक्सन (जोड्ने काम) गर्ने
    • इन्डष्ट्रियल इलेक्ट्रिसियन पेशाअन्तर्गत अपनाउनु पर्ने पेशागत स्वास्थ्य र सुरक्षा सावधानी अपनाउन

महत्व र फाइदाहरू (Importance and advantages)

    • कामको प्रबल सम्भावना
    • आधुनिक तरिकाले विद्युत् जडान तथा मर्मतसम्बन्धी काम गर्न पाइने
    • उद्योगतिर राम्रो चिनजान र सम्बन्ध हुने
    • विभिन्न स्थानमा जाने पाउन

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)
  • विकल्प  (Option )
  • कक्षा ५

क्यारियर पथ (Career Path)

१. इन्डस्ट्रियल इलेक्ट्रिसियनको ३९० घण्टाको तालीम

कार्य क्षेत्र (Working Area)

कलकारखाना, उद्योग, संस्था

क्यारियर विकास पथ (Career Developmment Path)
  • टेक्निसियन
  • प्रशिक्षक
  • वायरिङसम्बन्धी ठेकेदार
  • वायरिङसम्बन्धी व्यवसाय

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।