विवरण (Definition)
मानिसको आँखाको सामान्य जाँच गर्ने, चश्मा फिटिङ, चश्मा मर्मत संभार एवं चश्मा पसल संचालन गर्ने कार्यसँग सम्बन्धित ज्ञान र सीप भएका व्यक्ति जुनियर अप्टिकल डिस्पेन्सर हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
🞄 सेवाग्राहीको पावर जाँच गरी सोही अनुसार चश्मा र फ्रेमको अर्डर लिने र बिल तयार गर्ने
🞄 सेवाग्राहीको लागि आँखा चिकित्सकको पुर्जा (प्रेशक्रिप्सन) अनुसारको चश्मा तयार गर्ने
🞄 सेवाग्राहीको माग अनुसार चश्मा फिट गर्ने
🞄 चश्माको मर्मतसम्भार गर्ने
🞄 लेन्स्, ट्रेल बक्स्, फ्रेम जस्ता चश्मा फिट गर्न चाहिने वस्तु र औजारबारे ज्ञान लिई तिनको रेखदेख, मर्मत तथा व्यवस्था गर्ने
🞄 चश्मा पसलको सञ्चालन र व्यवस्थापन गर्ने
🞄 आवश्यक औजारबारे ज्ञान लिने, तिनको रेखदेख गर्ने र व्यवस्था मिलाउने
महत्व र फाइदाहरू (Importance and advantages)
🞄 स्वास्थ्य क्षेत्रको काम
🞄 आँखा चिकित्सकसँग नजिक भई काम गर्ने अवसर
🞄 आफ्नै चश्मा पसल खोल्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. जुनियर अप्टिकल डिस्पेन्सरको तालीम (३९० घण्टा) |
|
कार्य क्षेत्र (Working Area) | आँखा अस्पताल वा क्लिनिक, आँखा पसल |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
🞄 सुपरभाइजर |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. ८,००० — १७,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।