विवरण (Definition)
कफीको बेर्ना लगाई त्यसको ठीक तरिकाले मलजल, गोडमेल आदि गर्दै कफीको बोट हुर्काएर त्यसमा फलेका कफीका दाना बजारमा बेच्ने व्यक्ति कफी उत्पादक किसान हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-कफीका बेर्ना उत्पादन गर्न सही बिउ छनोट गरी परीक्षण गरिएको माटोमा
सही मात्रामा खरानी, मल आदि मिसाई नर्सरी तयार गर्ने
-कफी खेतीका लागि सुहाउँदो क्षेत्र छनोट गरी त्यसमा उत्पादित बेर्नालाई
उचित दूरीमा सार्ने
- बेर्ना सारिसकेपछि त्यसलाई चाहिने मात्रामा प्राङ्गारिक तथा रासायनिक
मल हाल्ने र सिँचाइको व्यवस्था गर्ने
- कफीका बोटमा लाग्न सक्ने रोगबाट जोगाउने
- बोटलाई वैज्ञानिक ढङ्गले काँटछाँट गर्ने
- कफीका दाना टिपेर सफा गरी घाममा सुकाएर भण्डारण गर्ने
- उचित बजारभाउमा कफी बिक्री गर्न
महत्व र फाइदाहरू (Importance and advantages)
-रोजगारीको राम्रो सम्भावना
- आफ्नो देशको मुद्रा विदेश जानबाट जोगाउने
- उद्यमशीलतातर्फ जान सकिने
- नेपाली चिया बजारको बिस्तारमा सहयोग
- आफ्नै स्थानीय स्रोत र साधनबाट कफी खेती गर्न सकिन
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option ) कक्षा ८ |
|
क्यारियर पथ (Career Path) |
१. कफी टेक्निसियनसम्बन्धी तह १ (४६० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | कफी फार्म, कफी उद्योग, कफी बिक्री केन्द्र |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-कफी टेक्निसियनसम्बन्धी तह २ को तालीम लिएर सो अनुसारको काम - कफीबारे जानकार - कफी व्यवसायी |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,०००-२०,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।