कुखुरापालक
(Poultry Farm Worker)

विवरण (Definition)

कुखुराको खोर व्यवस्थापन, अन्डा तथा चल्ला व्यवस्थापन, कुखुरामा लाग्ने रोगहरूको रोकथाम र पोल्ट्री क्षेत्रको सरसफाई राख्ने काम गर्ने व्यक्तिलाई कुखुरापालक भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    • गुणस्तरको मासु र अण्डाको व्यवस्थापन गर्ने
    • कुखुरापालनका औजार, उपकरण र सामग्रीहरू प्रयोग गर्ने 
    • कुखुरापालनको योजना तयार गर्ने
    • कुखुरा पाल्नका लागि बनाइएको सेड व्यवस्थापन गर्ने
    • खोर आदिको सरसफाई गर्ने
    • कुखुराका सुरक्षाका उपायहरू अपनाउने
    • कुखुराको हेरचाह गर्ने, दानापानीको व्यवस्था गर्ने, सम्भावित रोगको रोकथाम गर्ने 
    • फार्मका उत्पादन बिक्री गर्न सहयोग गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    • रोजगारीको प्रबल सम्भावना
    • बजारमा कुखुराको अण्डा र मासुको अत्याधिक माग
    • आफ्नै घर खेतको स्रोत साधनबाट काम शुरू गर्न सकिन

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प  (Option )

 

कक्षा ८

क्यारियर पथ (Career Path)

१. कुखुरापालनसम्बन्धी तह १ (३९० घण्टा)को तालीम

कार्य क्षेत्र (Working Area)

कुखुरा फार्म

क्यारियर विकास पथ (Career Developmment Path)
  • कुखुरापालनसम्बन्धी तह २ को तालीम लिएर सो अनुसारको काम
  • कुखुरापालक प्रशिक्षक
  • कुखुरा व्यवसायी

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु २५,०००-३०,०००

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।