विवरण (Definition)
केरा खेतीसम्बन्धी ज्ञान तथा सीप भएका, केरा खेती गर्न औजार, उपकरण र सामग्रीको प्रयोग गरी उच्च गुणस्तरको केरा खेती गर्ने र यसलाई व्यावसायिक रूपमा लैजाने व्यक्ति केरा खेती प्राविधिक हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-केरा खेती गर्न चाहिने विभिन्न औजार, उपकरण, सामग्री तथा विधि
पहिचान गरी सोबारे ज्ञान लिने
-केरा खेतीको लागि उपयुक्त जग्गा तथा मल तयार गर्ने
-आवश्यक औजार, उपकरण र सामग्री व्यवस्थित गरी राख्ने
- केराको बोटमा लाग्ने रोग तथा किराहरूको व्यवस्थापन गर्ने
- बाली भित्राएर बजारीकरण गरी केरा खेतीको व्यावसायिकताको विकास गर्न
महत्व र फाइदाहरू (Importance and advantages)
-नेपालको हावापानी केरा खेती योग्य भएकोले सहज
- बजारमा बढ्दो माग
- रोजगारीको अवसर
- आफ्नै व्यवसाय गर्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option )
साधारण लेखपढ |
|
क्यारियर पथ (Career Path) |
१. केरा खेतीसम्बन्धी तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | खेतबारी (फार्म), केरा भण्डारण स्थल वा पसल, केराबाट अन्य सामग्री बनाउने उद्योग, केराका परिकार बनाउने रेस्टुरेन्टहरू |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-केरा खेती व्यवसायी -केराका विभिन्न परिकार वा खाद्यान्न उत्पादक व्यवसायी |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु २५,०००-३०,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।