विवरण (Definition)
गाई, भैंसी, बाख्रा, भेंडा, कुखुरा, हाँस जस्ता गाउँमा पालिने पशुपंक्षीको स्वास्थ्य, आहार तथा प्रजननसम्बन्धी ज्ञान राख्ने, सम्बन्धित विषयमा पशुपालक किसानलाई उचित परामर्श दिने व्यक्तिलाई ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-पशुपंछीमा लाग्ने सम्भावित रोगबाट जोगाउने उपायबारे पशुपालकलाई
सीप सिकाउने
- पशुपंछीमा रोग लागे उपचार गर्ने
- पशुपंछीका आहारबारे पशुपालकलाई जानकारी दिने
- प्रजननका लागि उचित सल्लाह दिने र सहयोग गर्ने
- गर्भिणी पशु र नवजात पशुको स्याहारबारे सही परामर्श दिन
महत्व र फाइदाहरू (Importance and advantages)
-बढ्दो रोजगारी
- ग्रामीण भेगमा काम गर्ने अवसर
- राम्रो जनसम्पर्क
- स्वस्थ दूध तथा मासु उत्पादन कार्यमा मद्दत गर्ने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option )
कक्षा ८ |
|
क्यारियर पथ (Career Path) |
१. ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको तह १ (३९० घण्टा)को तालीम |
|
कार्य क्षेत्र (Working Area) | ग्रामीण पशुचिकित्सालय |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
ग्रामीण पशुस्वास्थ्य प्रशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,००० -२०,००० |
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।