प्रेरणाको स्रोत: परिश्रमको यात्रा

विज्ञान विषयमा उत्कृष्ट नम्बर ल्याइ स्नातकोत्तर गरेपश्गचात शिक्षा क्षेत्रमा लागि शिक्षण पेशालाई अङ्गालेको कथा

“शिक्षकलाई सामान्य लाग्ने अर्ती उपदेश विद्यार्थीको जीवनमा ठुलो किरणको रुपमा लक्ष्य मार्ग निर्धारण गर्न सहयोग पुऱ्याउन सक्दछ।”

रिता तिवारी

काठमाडौँको कमलपोखरिमा मेरो जन्म भयो। बालकुमारी माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेँ र वि.स.२०४६ एसएलसी परीक्षा उत्कृष्ट अंक ७८.०४% ल्याएर उत्तीर्ण गरेँ । एस एल सीमा उच्च नम्बर ल्याएको हुनाले घर परिवारको सल्लाह अनुसार ११,१२ मा विज्ञान लिएर अध्ययन गरेँ। अध्ययन गर्ने नै क्रममा त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातक गरेँ र वि.स २०५५ मा रसायनशास्त्र र पछि शिक्षामा पहिलो डिभिजन ल्याई स्नातकोत्तर पनि उत्तीर्ण गरेँ । अहिले म पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको प्रधानाध्यापकको रूपमा कार्यरत छु।

मलाई विज्ञान र गणित विषय एकदमै मन पर्थ्यो। गणित पढाउने भोजबहादुर शाही नाम गर्नु भएको एक जना शिक्षक हुनुहुन्थ्यो। उहाँले गर्दा मलाई गणित विषय मन परेको हो र शिक्षण पेशामा रुचि जागेको थियो। अहिले पनि उहाँसँग भेटघाट भइरहेको हुन्छ, कुरा गरिरहेको हुन्छु।

मेरो मानसपटलमा सानै देखि शिक्षक बन्ने चाहना थियो तर मैले स्नातकोत्तर पढिसकेपश्चात करियरको रूपमा लगेको हुँ। वि. स २०६१ बाट मैले अध्यापन गराउन थालेको हुँ। अहिले म सरकारी विद्यालयमा पढाउँछु। यहाँका विद्यार्थीहरू केही गर्छु, बन्छु भन्ने सपना बोकेर आएका हुन्छन्, सानैदेखि मिहिनेती हुन्छन्। मेरो अध्यापनको अहिलेसम्मको यात्रामा शिक्षकले विद्यार्थीलाई सही बाटो देखाउन सके विद्यार्थीले आफ्नो करियर र सोचेको लक्ष्य पूरा गर्छन्, गरेका धेरै उदाहरणहरू छन्।

विद्यार्थीहरूले बाटोमा भेट्ने क्रममा नमस्कार गरी बोल्दा, गुरुपूर्णिमा तिर उनीहरूले लेखेका कविताहरू वाचन गर्दा र विद्यार्थीहरू भेट्न आउँदा एकदमै खुसी लाग्छ। शिक्षकलाई यस्तै विद्यार्थीहरूकै सानासाना क्रियाकलापहरूबाट नै आफूलाई धेरै खुसी मिल्ने गर्द्छ।

हामीले हाम्रा विद्यालयमा ९ कक्षाको विद्यार्थीलाई ब्युटिशियनको तालिम र ९ कक्षाको विद्यार्थीलाई सिभिल इन्जिनियरिङको कक्षा पनि राखेका छौँ । ब्युटिशियनको तालिम लिएको विद्यार्थीले अहिले पढाइका साथसाथै आफ्नो लागि आफै आम्दानी गर्ने गरी आर्थिक रुपमा अब्बल भएका छन् । सिभिल इन्जिनियरिङ विषय लिएर अध्ययन गरिरहेका दई जना विद्यार्थीहरूले लोकसेवा दिएर सरकारी कार्यलयमा कार्यरत छन् र स्नातक पनि पढिरहेका छन् । अहिलेका शिक्षकहरूले वर्तमान रोजगारीका अवसरहरूलाई पहिचान गरी विद्यार्थीलाई मार्ग निर्देशन गर्न सके विद्यार्थीहरू अगाडि बढ्न सक्छन् र आफ्नो खट्टामा आफै उभिन सक्छन् ।

शिक्षकले पाठ्यपुस्तकहरू पढाउने मात्र नभइ विद्यार्थीहरूको रुचि, इच्छा पहिचान गरि विद्यार्थीलाई प्रोत्साहन गर्न सक्नु पर्छ। शिक्षकलाइ सामान्य लाग्ने अर्ती उपदेश विद्यार्थीको जीवन मा ठुलो किरणको रूपमा लक्ष्य मार्ग निर्धारण गर्न सहयोग पूराउन सक्दछ।

अन्य कथाहरू

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।