रुचि र खुबीको प्रश्नावली
युवा माझ रहेको आफ्नो भविष्य प्रतिको चिन्ता र अन्योलतालाई सम्बोधन गर्ने उद्देश्यले स्विस सरकारको आर्थिक सहयोगमा प्राविधिक तथा व्यवसायिक तालीम परिषद् (CTEVT) ले कार्यान्वयन गर्दै आएको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत “वृत्ति-मार्गनिर्देशन कार्यक्रम” सञ्चालनमा छ ।
यस कार्यक्रमको लागि अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड ट्रेनिङ्ग इन्स्टिच्युटको प्राविधिक सहयोगमा विकसित गरिएको यो रुचि र खुबीको प्रोफाइलले विद्यार्थीको रुचि र खुबी मापन गर्न सहयोग गर्दछ । यो प्रश्नावली प्रयोग गरि विद्यार्थीको रुचि र खुबी मापन गर्ने कार्य तालीमप्राप्त वृत्ति-सहजकर्ता वा वृत्तिमार्ग निर्देशक शिक्षकले मात्र गर्न पाउनेछन् ।
कृपया ब्राउजरमा जाभास्क्रिप्ट सक्षम गर्नुहोस् ।
वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।