प्रेरणाको स्रोत: परिश्रमको यात्रा

“छोराछोरीहरूलाई आफ्नो निर्णय आफैँ लिने सिप सानैदेखि विकास गर्दिने हो भने कसैको पनि भर पर्नुपर्दैन । यसले उनीहरूको निर्णय लिने क्षमता बढाउन सहयोग गर्दछ। अभिभावक र समाजको लागि पढेको हो भन्ने भावनाबाट मुक्त राखी आफनै विकास र सिपका लागि पढेको भन्ने भान गराउनुपर्छ।”

दिसु भण्डारी

मेरी जेठी छोरी सानैदेखि पढ्ने स्वभावकी थिइन् । कक्षामा राम्रो अङ्क ल्याउने र उत्कृष्ट विद्यार्थीको रुपमा चिरपरिचित थिई । आफ्नो कक्षाको किताब सट्‍टा अरू पनि पढ्ने गर्दथी उसले । एकदमै बुकिस थिई । तर एकपटक ऊ अचानक बिरामी भई । यसको यति धेरै प्रभाव पर्यो कि ऊ डराउने त्रसित हुने गर्दथि र पढाइमा पनि असर देखिन थालेको थियो । हस्पिटल पनि लग्यौँ कयौपटक । पछि मैले खोज्दै जाँदा उसलाई आफ्नो कक्षामा रहेको ग्रेडलाई यथास्थितिमा राखिराख्‍न एकदमै दबाब पर्ने रहेछ । हाम्रो शैक्षिक व्यवस्थाले विद्यार्थीहरूलाई यस्तो दबदबालाई खेप्ने पद्धति नसिकाउँदा उसले यस्तो भोग्नुपर्यो ।

सानी छोरीको खण्डमा अलि फरक थियो । उसले पनि शैक्षिक व्यवस्थाको भुलचुकको सामना गर्नुपर्यो किशोरावस्तामा धेरै चिडिन्थ्यो र त्यसको मुख्य कारक भनेको शैक्षिक प्रेसर थियो । म आफैँ काउन्सेलर भएका कारणले मैले सकेसम्म दुवै जनालाई यस्तो समयमा राम्ररी निर्देशित गर्न सकेँ । सानी छोरी एथ्लेटिकमा रूचि भएका कारण उसलाई तनाव सन्तुलन गर्न सहज हुन्थ्यो । शारीरिक र मानसिक स्वास्थ्यको राम्रो समिश्रण देखाउँदछ उसले।

हामीले हाम्रा नानीहरूलाई आफ्नो निर्णय लिनका लागि खुल्ला छोडेका थियौँ । उनीहरूले आफ्नो निर्णय आफैँ लिएका हुन् । सानी छोरीलाई सानैदेखि एथ्लेटिकमा रूचि भएका कारणले गर्दा उसको वृत्ति त्यतैतिर ढल्कियो । ठुलो छोरिले पनि आफैँ आफ्नो मार्केटिङ्ग विषय पढ्ने भनेर रोजी । सानी छोरी एथ्लेटिक खेल्ने भएर होला, उसले आफ्नो शाररिक व्यायामबाटै अलि तन्दुरूस्त महसुस गर्छिन।

हाउरड गार्डनर, अमेरिकिकाअनुसार हरेक नानीबाबुहरूले एउटा प्रतिभा लिएर जन्मेका हुन्छन् । अभिभावकले आफ्नो नानीबाबुहरूको कुरा सुनिदिनुपर्छ, बुझिदिनुपर्छ र उनीहरूलाई आफूप्रतिको जिम्मेवारी बोध गराउनुपर्दछ । अभिभावक र समाजको लागि पढेको हो भन्ने भावनाबाट मुक्त राखी आफनै विकास र सिपका लागि पढेको भन्ने भान गराउनुपर्छ ।

हामीले सानैदेखि नानिबाबुलाई जे छ नेपाल मै छ र यो देशमा काम गर्ने ठाउ टन्नै छन् भन्ने कुराबाट प्रेरित गरेका छौँ । नानिबाबुहरू साना छँदादेखि नै हामीले उनीहरूलाई राम्रो शिक्षा, मनोबल र दृढ शक्तिको विकासमा केन्द्रिकृत गरेका थियौँ, जसको फलस्वरूप उनीहरूले जीन्दगीमा आईपरेका कयौँ घटनाक्रमहरूलाई सामना गरी निर्णय गर्ने क्षमता विकास गरेका थिए ।

वैयक्तिक रुची, खुबी र क्षमता पहिचान गरी श्रम बजारको माग बमोजिमको ज्ञान तथा सीप हासिल गर्नका लागि विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने ध्येयले वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिएको हो।